प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘सर्वदलीय बैठक बोलाइएकै थिएन’ « Khabarhub

प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘सर्वदलीय बैठक बोलाइएकै थिएन’


८ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले सर्वदलीय बैठक नबोलाइएको बताएको छ ।

आज बिहान ९ बजे बैठक बस्ने खबरहरु बिभिन्न सञ्चारमाध्यममा आएपछि खबरहबले प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवालाई टेलिफोनमार्फत सोधेको थियो । जवाफमा उनले भने, ‘आज बैठक बोलाइएकै छैन।’

यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले पनि बैठकबारे कुनै जानकारी नभएको बताएको थियो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भनिएको बैठकमा सत्ता गठबन्धन, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सहित संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको बताइएको थियो।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  १० : ११ बजे

उम्मेदवार चयनका लागि कांग्रेसको तीन समूह एकै ठाउँमा, रातभर धुम्बाराहीमा छलफल

काठमाडौं– नेपाली कांग्रेसका तीन समूहबीच आगामी फागुन २१ गते हुने

प्राप्त उपलब्धिको संरक्षण र विकासमा लाग्नुपर्नेमा जोड

काठमाडौं–  राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्राप्त उपलब्धिको संरक्षण र विकासमा

देश बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री जगदीश खरेलले देश बनाउन

पर्वले मौलिक संस्कृति र परम्परालाई जीवन्त बनाउँछ : उपराष्ट्रपति यादव

काठमाडौ‌– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधानले अङ्गिकार गरेको गणतन्त्र,

जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी

पर्सा– पूर्व खानेपानी मन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) नेपालका