पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए « Khabarhub

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत हालसम्म ४१४ मोटरसाइकल र ३६ जनालाई नियन्त्रणमा लिएर कारबाही गरेको छ ।

मोटरसाइकलको स्वरूप परिवर्तन (मोडिफाई) गरी चर्को आवाज निकाल्ने, ध्वनि प्रदूषण फैलाउने तथा शान्ति सुव्यवस्थामा खलल पार्ने कार्य रोक्नका लागि प्रहरीले गत असोज २७ गतेदेखि ‘अपरेसन ३६५’ सञ्चालन गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी समेत रहेका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले अभियानका क्रममा पछिल्लो पटक चैत ९ गतेदेखि खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट थप १० वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका सवारी साधनमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको बस्नेतले बताए ।

उनका अनुसार स्वरूप परिवर्तन गरेका मोटरसाइकलबाट सहरमा आतङ्क सिर्जना भएको गुनासोपछि यो अभियान सञ्चालन गरेको हो ।

“देशको पर्यटकीय राजधानीसमेत रहेको पोखरामा मोडिफाइ गरिएका मोटरसाइकलबाट आतङ्क सिर्जना गर्ने कार्य भएपछि यो अभियान सुरु गरेका हौँ । अहिले अभियानसँगै प्रहरीले सहर तथा ग्रामीण क्षेत्र दुबैमा यस्ता गतिविधि रोक्न विशेष निगरानी बढाउँदै लगेको छ । वैध रूपमा परिवर्तन गरिएका मोटरसाइकलको जानकारी नजिकैको प्रहरी कार्यालयमा जानकारी दिन नागरिकलाई अनुरोध समेत गरेका छौँ,” प्रहरी नायब उपरीक्षक बस्नेतले भने ।

सवारीसाधन धनीले आफ्नो साधन ‘मोडिफाई’ नगरी पूर्ववत् असली स्वरूपमा चलाउन र मोडिफाई गर्ने कार्यमा ग्यारेज, वर्कसप र रिकन्डिसन हाउस सञ्चालकले समेत उक्त कार्य नगर्न/नगराउन पनि प्रहरीले अनुरोध गरेको छ । सवारी मोडिफाई गरी चलाइएको पाइएमा सवारीसाधन धनी र उक्त कार्यमा संलग्न व्यक्तिलाई कानुनबमोजिम कारबाही हुने प्रनाउ बस्नेतले बताए ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  ११ : ०६ बजे

ग्यास अभाव भएपछि अनुगमनमा निस्किए प्रहरी-प्रशासन

धनकुटा– धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढेपछि जिल्ला प्रशासन

विशेष महाधिवेशनका कारण पार्टी कमजोर भयो : प्रकाशमान सिंह

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी

देवानगञ्ज तनावपछि धार्मिक झण्डा हटाउने सहमति, डिजे र माइकमा पनि कडाइ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा साउन १० गते भएको दुई

एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो

सङ्खुवासभा– नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय सङ्खुवासभाले उपभोक्ताबाट एक वर्षको