माओवादी केन्द्रको बैठक जारी, यस्ता छन् एजेण्डा « Khabarhub

माओवादी केन्द्रको बैठक जारी, यस्ता छन् एजेण्डा


८ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) को बैठक बसिरहेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा निवर्तमान स्थायी समिति र आयोगका अध्यक्षहरूको बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसेको हो ।

बैठकमा पार्टी कमिटीलाई पूर्णता दिने विषय, आसन्न राष्ट्रियसभा निर्वाचन, स्थानीय तहको निर्वाचन लगायत विषयमा धारणा बनाउने विषयमा छलफल भइरहेको नेताहरुले बताएका छन् ।

माओवादी केन्द्रको पुसमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनमा २४६ केन्द्रीय सदस्य र अध्यक्ष मात्रै चुनेको थियो । महासचिवसहित अन्य पदाधिकारी चयन गर्न बाँकी छ ।

त्यसैगरी बाँकी केन्द्रीय सदस्य, स्थायी कमिटी सदस्य पनि टुंग्याउन बाँकी छ । यी विषयमा पनि छलफल भएको छ । माओवादीमा महासचिव छान्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिइएको छ ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ११ : ५४ बजे

आज २०८२ साल चैत ११ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ११ गते बुधबार चैत

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत