सर्वदलीय बैठक बोलाइएको छैन– सरकारका प्रवक्ता कार्की « Khabarhub

सर्वदलीय बैठक बोलाइएको छैन– सरकारका प्रवक्ता कार्की


८ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सर्वदलीय बैठक नबोलाइएको बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहानलाई सर्वदलीय बैठक बोलाएको समाचारहरु आइरहेका बेला मन्त्री कार्कीले भने, “सर्वदलीय बैठक बोलाइएको छैन । बोलाउने विषयमा कुरा पनि भएको हैन ।”

उनले भने, “सर्वदलीय बैठकको कुरै आएको छैन । कसरी त्यो समाचार आयो म अचम्ममा छु । हिजो प्रेस व्रिफिङमा मैले जति भनेँ त्यति मात्रै हो ।”

यद्यपि, शुक्रबार साँझ प्रधानमन्त्री सचिवालय स्रोतले भने आज बिहान साढे ९ बजेलाई बैठक बोलाइएको जानकारी दिएको थियो । तीन तहको चुनाव र त्यसमा देखिएको कानुनी संकटका विषयमा छलफल हुने भनिएको थियो ।

तर, प्रधानमन्त्री सचिवालय र मन्त्रीबीच कुरा बाझिएको छ । यसैबीच, नेकपा एमालेले पनि प्रधानमन्त्रीको सचिवालयले बैठकबारे कुनै जानकारी नआएको बताएको थियो ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ४ : ५१ बजे

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले