सर्वदलीय बैठक बोलाइएको छैन– सरकारका प्रवक्ता कार्की « Khabarhub

सर्वदलीय बैठक बोलाइएको छैन– सरकारका प्रवक्ता कार्की


८ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सर्वदलीय बैठक नबोलाइएको बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहानलाई सर्वदलीय बैठक बोलाएको समाचारहरु आइरहेका बेला मन्त्री कार्कीले भने, “सर्वदलीय बैठक बोलाइएको छैन । बोलाउने विषयमा कुरा पनि भएको हैन ।”

उनले भने, “सर्वदलीय बैठकको कुरै आएको छैन । कसरी त्यो समाचार आयो म अचम्ममा छु । हिजो प्रेस व्रिफिङमा मैले जति भनेँ त्यति मात्रै हो ।”

यद्यपि, शुक्रबार साँझ प्रधानमन्त्री सचिवालय स्रोतले भने आज बिहान साढे ९ बजेलाई बैठक बोलाइएको जानकारी दिएको थियो । तीन तहको चुनाव र त्यसमा देखिएको कानुनी संकटका विषयमा छलफल हुने भनिएको थियो ।

तर, प्रधानमन्त्री सचिवालय र मन्त्रीबीच कुरा बाझिएको छ । यसैबीच, नेकपा एमालेले पनि प्रधानमन्त्रीको सचिवालयले बैठकबारे कुनै जानकारी नआएको बताएको थियो ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ४ : ५१ बजे

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका