शल्यक्रिया गरेको तीन दिनपछि आमा र शिशुको मृत्यु « Khabarhub

शल्यक्रिया गरेको तीन दिनपछि आमा र शिशुको मृत्यु


८ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट– जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ ।

५ माघमा अप्रेशन गरेको केही समयपछि बच्चाको मृत्यु भएको थियो भने शुक्रबार राति आमाको मृत्यु भएको हो । अप्रेशन गरेको तीनपछि सिमकोट गाउँपालिका- ५ का २१ वर्षीया टिका सार्कीको मृत्यु भएको हो ।

मृतक सार्कीलाई सुत्केरी व्यथाले च्यापेपछि जिल्ला अस्पताल हुम्लामा लिएर अप्रशेन गरेर शिशुलाई जन्म दिइएको थियो । तर अप्रेशनकै कारण आमा र बच्चा दुबैको मृत्यु भएको ससुरा धनसिंह सार्कीले बताए ।

बेला बेला बुहारीले अस्पतालमा चेक गराउने गरेको र जिल्ला अस्पताल हुम्लाले पनि अवस्था सामान्य रहेको बताउँदै समयमै सुत्केरी व्यथा लागेको बुहारीलाई रिफर नगर्दा बुहारीको ज्यान गएको उनको आरोप छ ।

जिल्ला अस्पतालले भने मृतक सार्कीको फोक्सोमा श्वासप्रश्वास मात्रा कम भएर मृत्यु भएको दाबी गरेको छ । शल्यक्रिया गरेको दुई दिनसम्म सार्कीको स्वास्थ्यमा उल्लेखनीय सुधार भए पनि शुक्रबार साँझ अचानक स्वास्थ्यमा समस्या देखिएको थियो ।

सार्कीले स्वास्थ्यमा समस्या देखिएको भनेपछि जिल्ला अस्पतालले उद्धारको लागि हेलिकोप्टर मगाएको थियो । तर राती भएकाले शनिबार विहान हेलिकोप्ट उद्धारका लागि स्ट्याण्ड बाई बसे पनि राति नै मृत्यु भएको जिल्ला अस्पतालले जानकारी दिएको छ ।

जुम्ला कोटीलाकी टीका सार्कीले एक वर्ष अगाडि हुम्लामा विवाह गरेकी थिइन् । माइत पक्षले मृतक सार्कीको शव उठाउन नदिएपछि अहिले जिल्ला अस्पतालमै रहेको छ ।

माइती पक्षले के कति कारणले मृत्यु भएको हो सत्य तथ्य पत्ता नलाग्दासम्म शव उठाउन नदिएर पोष्टमार्टम नभएको र परिवारले शव पनि बुझ्न नमानेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहले बताए ।

यसअघि ३० पुसमा जिल्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका- ६ का गौगरा बत्यालको सुत्केरी भएको पाँच मिनेट पछि मृत्यु भएको थियो । यहाँका महिलाहरुले उपचारको अभावमा कलिलै उमेरमा ज्यान गुमाउनु परिहेको छ । भौगोलिक विकटताले कयौ महिलाले ज्यान गुनाउने गरेका छन् ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ५ : ११ बजे

दुबईस्थित नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल

दुबई– संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित नेपालको महावाणिज्यदूतावासले सेवा

निजी लगानीकर्तालाई शेयर बेच्ने फिफाको योजना रद्द

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप र आफ्ना प्रमुख

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

धनुषा र सिरहामा बिहान १० बजेसम्म कर्फ्यु खुकुलो

जनकपुरधाम– धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न भागमा

आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न