चर्चले जोगाएको जीवन « Khabarhub

चर्चले जोगाएको जीवन



काठमाडौँ– दक्षिणी प्रशान्त क्षेत्रको टोंगा अहिले ज्वालामुखी र सुनामीको कारण ठुलो क्षति बेहोर्न पुगेको छ ।

१५ जनवरीको दिन भएको विस्फोटसँगै पानी मुनी बिछ्याइएको अत्याधुनिक इन्टरनेट केबुल नास भएका थिए । यसैका कारण त्यहाँका १ लाख मानिसको अन्तर्राष्ट्रिय दुनियाँसँग सम्बन्ध विच्छेद नै भएको थियो ।

मुख्य टापु टोंगाटप्पुको सडकबाट निला आकाशमा बादल मडारिएको देख्न सकिन्छ । जमिनमा खाडल पर्न पनि सुरु भइसकेका छन् । संसारकै एक धार्मिक राज्यको रूपमा परिचित टोंगाका बासिन्दा यस सङ्कटबाट पार पाउन हातमा बाइबल लिएर ईश्वरको प्रार्थना गरेर बसेका छन् ।

टोंगा संसारकै फरक देश हो । त्यहाँका दुई तिहाइ जिसस क्राइस्टले पछिल्लो दिन बिताएको चर्च लेटर डे सेन्टकै सेरोफेरोको हुर्किएका हुन् ।

अमेरिकाको धार्मिक नेतृत्व गरी रहेका समूहले नै त्यस टापुमा शताब्दी भन्दा पहिले आफ्नो पकड जमाएका थिए ।
पश्चिमी मिसनरीको त्यहाँ उपस्थिति भए पछि टोंगा संसारकै धेरै चर्च सदस्य भएको देश मध्यको एक बनेको थियो । अहिलेको यो महामारीमा चर्चसँगै समुदायमा १ सय ७४ मण्डलीहरूले पनि पीडितहरूलाई राहत दिई रहेका छन् ।

त्यस समुदायका लागि चर्च धार्मिक केन्द्र मात्र नभई जीवनकै एउटा प्रमुख अङ्ग बन्ने गरेको छ । आइतबार त्यहाँका सबै पसल यसैका लागि बन्द हुने गरेका छन् । गत आइतबार भने प्राकृतिक विपत्तिका कारण उनीहरूको दिनचर्या नै फरक बन्न पुगेको थियो ।

आकाशमा बादल मडारिएको थियो भने जमिनमा ज्वालामुखी विस्फोट भएर निस्केको कालो लेदो बगी रहेको थियो ।
चर्चका वरिष्ठ पादरी इनर कोपु टोंगाको जीवनमा एक मात्र रङ्ग बाँकी रहेको बताउँछन् । उनको विचारमा त्यहाँ सर्वत्र गाढा धुलो बाहेक अन्य केही देख्न सकिँदैन ।

त्यसको एकदिन पछिसम्म टोंगा अन्तर्राष्ट्रिय समुदायको सम्पर्कबाट टाढै थियो । अस्ट्रेलिया र न्युजील्यान्डको कूटनैतिक निकाय तथा चर्च अफ जिसस क्राइस्ट लेटर डे सेन्ट्सबाट केही सूचना बाहिर आउन थालेका थिए ।

न्युजील्यान्डमा रहेको त्यसै चर्चको एउटा शाखाले एल्डर कोपसँगको दैनिक स्याटलाइट फोनबाट नै सूचना पाउने गरेका थिए । त्यस टापुमा राहत र सहयोगको कामको नेतृत्व पनि अहिले तीनै कोपसले गरी रहेका छन् । चर्चले नै पिउने पानीको समस्या सबैभन्दा बढी भएको जनाएको छ । सूचना श्रोतका अनुसार १ हजार जना लीयाहोन हाइ स्कुलको चर्चमा शरण लिन पुगेका थिए । त्यस टापुमा अवस्थित ६ चर्च विद्यालय मध्य त्यो पनि एक हो ।

चर्चको न्युजील्यान्ड च्याप्टरमा रहेका रिचर्ड हन्टरले दिएको सूचना अनुसार हरेक व्यक्ति रात भरी विद्यालय तथा चर्चमा सुत्ने र बिहान आफ्नो घर सफा गर्न जाने गरेका छन् । पछिल्ला दिनमा आइपुग्दा चर्चमा रात कटाउनेको सङ्ख्या घट्दो छ । आफ्नै घर फर्कन थालेका छन् । तुवाँलो जस्तो र गाढा फोहोर सहितको दुर्गन्धबाट बच्न १ हजार वटा मास्क पनि सोही समयमा वितरण गरिएको थियो ।

यस भन्दा पहिले कोरोना महामारी सुरु हुने बित्तिकै पनि चर्चले ५० हजार मास्क वितरण गरेको थियो । यसका बाबजुद टोंगालाई कोरोना महामारीको विभिन्न लहरले प्रहार नगरेको होइन । अहिले भने १५ मिटर उचाइको यो ज्वारभाटाका कारण धेरै तटीय क्षेत्रमा क्षति पुगेका छन् ।

केही दिनमा फोन सम्पर्क कायम भए पनि त्यस क्षेत्रका जमिन हिँड्नका लागि योग्य समेत थिएनन् । टोंगा सरकारका दुई पानी जहाज राजधानी नुकुलोफा बाहिरका टापुमा पुगेका थिए । मिसनरी कार्यक्रमका लागि परिचित त्यस चर्चले जनाए अनुसार टोंगाको राजधानी बाहिर १३५ मिसनरी समूह छन् । यसै समूहका कारण एकले अर्कोसँग सम्पर्क गर्न सकेका थिए ।

त्यहाँ सुनामी आए पछि सबैको चासो एउटा सानो टापु अटाटामा पुगेको थियो । १ सय भन्दा कम जनसङ्ख्या भएको सो टापुका सबै घर काम नलाग्ने भएका छन् । न्युजील्यान्ड र टोगां सरकारले नै झन्डा गाडेको सो टापु नै विस्फोट हुने खतरा व्यक्त भएको थियो । यसै कारण धेरै आत्तिएका थिए ।

ज्वालामुखी आए पछि सबै जना चर्चको च्यापेल घरमा बास बस्न पुगेका थिए । संयोग बस त्या घर भने जोगिएको छ । पादरी हन्टरले जनाए अनुसार ती सबै आफ्नो घर छाडेर चर्चमा बसेका थिए । चर्च जोगिएकाले सबै जना जीवित हुनु उनीहरूका लागि खुसीको समाचार हो ।

हन्टर कुनै पनि समय समुद्री आँधी र सुनामी आउन सक्ने सम्भावना रहेको अवगत नै भएकाले सम्भव भए सम्मको बलियो संरचनामा चर्चका घर बनाएको बताउँछन् ।

“हरेक सदस्य हुरी बतास चल्ने बित्तिकै चर्च जाने गरेका छन् । यो आध्यात्मिक र भौतिक रूपले नै उपयुक्त हो ,” हन्टरको कथन छ । न्युजील्यान्डले पनि अटाटाका बासिन्दालाई बुधवार सफलतापूर्वक टोंगाटप्पुमा लगिएको जनाएको छ ।

हन्टरले जनाए अनुसार चर्चका अन्य शाखाहरूबाट पिउने पानी मास्क र फोनहरू यहाँ लाने क्रम जारी छ । टोंगाको एयरपोर्ट र समुद्री बन्दरगाहमा पुगेको क्षतिका कारण सरकारी र रेडक्रसका राहत जस्तै ती राहत पनि केही समय त्यहाँ रोकिए । चर्चले यस मानवीय सङ्कटको घडीमा सरकारलाई सहयोग गर्न सक्ने बारम्बार जानकारी गराइ रहेको छ ।

टोंगामा रहेको यस विपत्मा सहयोग गर्ने पहिलो देश भने न्युजील्यान्ड बन्न पुग्यो । न्युजील्यान्डको जहाज पानी र अन्य अति आवश्यक बस्तु सहित त्यहाँ अन्य भन्दा पहिले पुगे । न्युजील्यान्ड सेनाको विमान त्यहाँ पुग्दा न्युजील्यान्ड सरकार र अस्ट्रेलियाले पठाएका अन्य विमान बाटोमा नै थिए ।

शनिवारको त्यस डरलाग्दो घटनाको विवरण अहिले बाहिर आउन थालेका छन् । कम्तीमा तीन जनाको ज्यान गएको जनाइएको छ । एयरपोर्टमा बाक्लो खरानी जमेका कारण राजधानी नुकुआलोफाको एयरपोर्ट समेत काम नलाग्ने भएको थियो । केही दिनको अथक प्रयास पछि त्यो एयरपोर्ट विमान अवतरण गर्न सक्ने अवस्था बनाइएको हो । यसरी गएका राहतमा वाटर कन्टेनर, अस्थायी आवासमा सामग्री तथा स्वास्थ्य सामग्री छन् ।

अहिले कोरोना महामारीले संसार आक्रान्त छ । त्यहाँ एक जना सङ्क्रमित छन् । सुनामी पीडितलाई सहयोग गर्ने क्रममा कोभिड सङ्क्रमण त व्यापक भएर फैलने होइन भन्ने चिन्ता पनि टोंगाबासीमा थपिन थालेको छ ।

यसमा विश्वस्त तुल्याउनका लागि नयुजील्यान्ड र अस्ट्रेलियाका कुनै पनि व्यक्तिले टोंगाबासीसंग सम्पर्क नगर्ने जनाइएको छ । यसरी पहिलो चरणमा पुगेको सहयोगमा २ लाख ५० हजार लिटर पानी छ । साथमा समुद्री पानीलाई डीस्टीलेसन गरेर नुन बाहिर निकाल्ने यन्त्र पनि छन् । टोंगाको सरकारले सबै भन्दा धेरै पिउने पानीलाई नै बल गरी रहेको छ ।

त्यहाँका सबै समाचार बाहिर आउन त केही दिन अझ लाग्ने छ । यसका बाबजुद केही दृश्य बाहिर आउन थालेका छन् । यसरी बाहिर आएका तस्बिरमा सडकमा कारहरू थिचिएको देख्न सकिन्छ ।

हुंगा टोंगा हुंगा हा पाइ नामको त्यस ज्वालामुखी अमेरिका भन्दा धेरे टाढा छ । तर, यसको असर अन्य प्रशान्त क्षेत्रीय देशमा पनि पर्न थालेको छ ।

टोंगामै भने अझै धेरै जोखिम बाँकी नै छ । टोक्सीक सल्फरीक ग्यासका कारण त्यहाँका हरेक स्थान समस्यामा छन् ।
यसको प्रभाव लामो समयसम्म रहन सक्ने छ । त्यस सल्फर पानीमा मिसिने र माछा मार्ने क्रममा पनि समस्या हुन सक्ने छ । रेडक्रसले समेत टोंगामा झाडा वान्त र पखालाको जोखिम रहेको सूचना दिई सकेको छ । यसै ज्वालामुखीको तापको कारण आँखा र छालामा दीर्घकालीन समस्याको जोखिम समेत त्यत्तिकै बढेको छ ।

यी सबैबाट बच्नका लागि आयातित बोतलका पानी मात्र पिउन तथा कहीँ पनि निस्कँदा मास्कको अनिवार्य प्रयोग गर्न सूचना जारी गरिएको छ ।

शान्त रहेको टोँगाका टापुहरू शनिवारको सुनामी र ज्वालामुखीसँगै ठुलो सङ्कटमा फसेका छन् । धेरै जनाको ज्यान त जान पाएन । त्यहाँ धेरै रोगको जोखिम अझै कायम नै छ । परन्तु, तत्काल धेरेको ज्यान जोगिनुमा चर्चको भूमिका महत्त्वपूर्ण रह्यो । यसैले, टोंगाका धेरै स्थान आगामी दिनमा धार्मिक आस्थाका थप केन्द्र बन्ने छन् ।
– एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ९ : ३३ बजे

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६

आज राष्ट्रपतिले दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई

कार्की आयोगको प्रतिवेदनबारे कांग्रेसले गर्‍यो छलफल आह्वान

काठमाडौँ– नेपाली कांग्रेसले ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाबारे गठित जाँचबुझ