मल्टी–कार दुर्घटनामा अर्नोल्ड सकुशल « Khabarhub

मल्टी–कार दुर्घटनामा अर्नोल्ड सकुशल


८ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(दैनिक भास्कर)– हलिउडको लोकप्रिय फिल्म ‘टर्मिनेटर’ फेम्ड अभिनेता अर्नोल्ड श्वार्जनेगर शुक्रबार मल्टी–कार एक्सिडेण्टमा परेका छन् । यो दुर्घटनामा एक महिला गम्भीर घाइते भएकी छन् भने अर्नोल्ड सकुशल छन् । यो दुर्घटनाको तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । प्रत्यक्षदर्शीका अनुसार यो दुर्घटना कुनै फिल्मको भयानक स्टन्टभन्दा कम थिएन ।

लसएञ्जल्स पुलिस डिपार्टमेन्टका अफिसियल ड्रेक मेडिसनका अनुसार साँझ ४ बजेर ३५ मिनेट जाँदा सनसेट र एलेन फोर्डमा चार कार एकापसमा जुधेका थिए । दुर्घटनामा क्यालिफोर्नियाका पूर्व गभर्नरसमेत रहेका अर्नोल्डको एसयूभी कारको भित्र रहेको एयरब्याग खुलेका कारण उनलाई कुनै चोट लागेन । ७४ वर्षका अर्नोल्ड आफ्नो कालो युकोन कार चलाइरहेका थिए । घाइते महिला भने रातो रंगको टोयोटा प्रियसमा सवार थिइन् । घटनाको प्रारम्भिक अनुसन्धानमा यो दुर्घटनामा अर्नोल्डको गल्तीका कारण भएको दाबी गरिएको छ ।

हालैमात्र अर्नोल्ड आफ्नो श्रीमति मारिया श्राइवरसँगको सम्बन्धविच्छेदका कारण चर्चामा थिए । अर्नोल्ड र मारियाले विवाहको ३५ वर्षपछि आधिकारिक रुपमै सम्बन्धविच्छेद गरेका हुन् । उनीहरुले सन् १९८६ मा विवाह गरेका थिए ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ७ : ५६ बजे

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको

विपद्पीडित बालबालिकाका लागि ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा

काठमाडौं । सरकारले रसुवा– भोटेकोसी बाढीसहित विभिन्न समयमा आउने विपद्बाट