मल्टी–कार दुर्घटनामा अर्नोल्ड सकुशल « Khabarhub

मल्टी–कार दुर्घटनामा अर्नोल्ड सकुशल


८ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(दैनिक भास्कर)– हलिउडको लोकप्रिय फिल्म ‘टर्मिनेटर’ फेम्ड अभिनेता अर्नोल्ड श्वार्जनेगर शुक्रबार मल्टी–कार एक्सिडेण्टमा परेका छन् । यो दुर्घटनामा एक महिला गम्भीर घाइते भएकी छन् भने अर्नोल्ड सकुशल छन् । यो दुर्घटनाको तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । प्रत्यक्षदर्शीका अनुसार यो दुर्घटना कुनै फिल्मको भयानक स्टन्टभन्दा कम थिएन ।

लसएञ्जल्स पुलिस डिपार्टमेन्टका अफिसियल ड्रेक मेडिसनका अनुसार साँझ ४ बजेर ३५ मिनेट जाँदा सनसेट र एलेन फोर्डमा चार कार एकापसमा जुधेका थिए । दुर्घटनामा क्यालिफोर्नियाका पूर्व गभर्नरसमेत रहेका अर्नोल्डको एसयूभी कारको भित्र रहेको एयरब्याग खुलेका कारण उनलाई कुनै चोट लागेन । ७४ वर्षका अर्नोल्ड आफ्नो कालो युकोन कार चलाइरहेका थिए । घाइते महिला भने रातो रंगको टोयोटा प्रियसमा सवार थिइन् । घटनाको प्रारम्भिक अनुसन्धानमा यो दुर्घटनामा अर्नोल्डको गल्तीका कारण भएको दाबी गरिएको छ ।

हालैमात्र अर्नोल्ड आफ्नो श्रीमति मारिया श्राइवरसँगको सम्बन्धविच्छेदका कारण चर्चामा थिए । अर्नोल्ड र मारियाले विवाहको ३५ वर्षपछि आधिकारिक रुपमै सम्बन्धविच्छेद गरेका हुन् । उनीहरुले सन् १९८६ मा विवाह गरेका थिए ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ७ : ५६ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको