नेपाललाई विश्वकपमा छनोट गराउने छौँ : सन्दीप लामिछाने « Khabarhub

नेपाललाई विश्वकपमा छनोट गराउने छौँ : सन्दीप लामिछाने


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नेपाललाई विश्वकपमा छनोट गराउने बताएका छन्।

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटको सेमिफाइनल प्रवेश गरेको नेपाललाई विश्वकप छनोट खेलाउने उनले बताएका हुन्। त्यसका लागि युएईविरुद्ध राम्रो प्रदर्शन गर्ने विश्वास उनको छ।

सोमबार क्यानडाविरुद्धको जितपछि बोल्दै कप्तान सन्दीपले यस्तो बताएका हुन्। अहिलेसम्म टिमले शतप्रतिशत दिएको भन्दै उनले यस्तो बताएका हुन्।

उनले मंगलबारको खेलमा पनि त्यही लयमा टिम रहने प्रष्ट पारे। ‘हाम्रो तर्फबाट अहिलेसम्म शतप्रतिशत दिएका छौँ’, खेलपछि सन्दीपले भने, ‘त्यसरी नै भोलि पनि ज्यु ज्यान लगाएर नेपाललाई विश्वकपमा छनोट गराउने छौँ।’

सोमबार क्यानडालाई हराएसँगै नेपाल समूह बी को विजेता बनेको हो। आज सेमिफाइनलमा नेपालले युएईविरुद्ध खेल्नेछ।

सन्दीपले समर्थकलाईसमेत धन्यवाद दिएका छन्। ‘सम्पूर्णलाई धन्यवाद, किनभने हामीलाई विश्वास गर्दिनु भएकोमा। हाम्रो लागि भोलि एउटा महत्वपूर्ण खेल छ’, उनले भने, ‘सबै जनाको त्यतिकै माया प्रेम र प्रेसको पनि आशा छ। अहिलेसम्म सबैले माया गर्दिनु भएकोमा धन्यवाद।’

 

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ६ : १० बजे

यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा अनुष्का र अभिनाश सर्वोत्कृष्ट खेलाडी

काठमाडौं– पोखरामा जारी यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा गण्डकीकी अनुष्का अधिकारी

 तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

सुरुङ्गा– झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा

लागूऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन

भरतपुर– गृहमन्त्री सुधन गुरुङले लागूऔषधलगायत आपराधिक क्रियाकलाप नियन्त्रणका लागि निर्मम

सोमबारदेखि ‘शून्य बाँकी फाइल अभियान’

काठमाडौं– सरकारी कार्यालयमा दर्ता भएका, सुरुआती टिप्पणीलगायत फाइल विभिन्न तह

श्रमदानमार्फत पर्यटकीयस्थल जोड्ने सडक मर्मत गरिँदै

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको पर्यटकीयस्थल घोडेपानी जोड्ने सडकअन्तर्गत लुलिया