नेपाललाई विश्वकपमा छनोट गराउने छौँ : सन्दीप लामिछाने « Khabarhub

नेपाललाई विश्वकपमा छनोट गराउने छौँ : सन्दीप लामिछाने


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नेपाललाई विश्वकपमा छनोट गराउने बताएका छन्।

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटको सेमिफाइनल प्रवेश गरेको नेपाललाई विश्वकप छनोट खेलाउने उनले बताएका हुन्। त्यसका लागि युएईविरुद्ध राम्रो प्रदर्शन गर्ने विश्वास उनको छ।

सोमबार क्यानडाविरुद्धको जितपछि बोल्दै कप्तान सन्दीपले यस्तो बताएका हुन्। अहिलेसम्म टिमले शतप्रतिशत दिएको भन्दै उनले यस्तो बताएका हुन्।

उनले मंगलबारको खेलमा पनि त्यही लयमा टिम रहने प्रष्ट पारे। ‘हाम्रो तर्फबाट अहिलेसम्म शतप्रतिशत दिएका छौँ’, खेलपछि सन्दीपले भने, ‘त्यसरी नै भोलि पनि ज्यु ज्यान लगाएर नेपाललाई विश्वकपमा छनोट गराउने छौँ।’

सोमबार क्यानडालाई हराएसँगै नेपाल समूह बी को विजेता बनेको हो। आज सेमिफाइनलमा नेपालले युएईविरुद्ध खेल्नेछ।

सन्दीपले समर्थकलाईसमेत धन्यवाद दिएका छन्। ‘सम्पूर्णलाई धन्यवाद, किनभने हामीलाई विश्वास गर्दिनु भएकोमा। हाम्रो लागि भोलि एउटा महत्वपूर्ण खेल छ’, उनले भने, ‘सबै जनाको त्यतिकै माया प्रेम र प्रेसको पनि आशा छ। अहिलेसम्म सबैले माया गर्दिनु भएकोमा धन्यवाद।’

 

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ६ : १० बजे

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित

मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान

झापा– लैङ्गिक हिंसा रोकथामका लागि मेचीनगर नगरपालिकाले दश वटा माध्यमिक

कृषि मन्त्रालयद्वारा बिउबिजन र कृषि उपजको नयाँ बिक्री मूल्य निर्धारण

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिउबिजन, बाली र कृषि

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।