विश्वकप छनोट यात्रा : सेमिफाइनलमा आज यूएईसँग खेल्दै नेपाल « Khabarhub

विश्वकप छनोट यात्रा : सेमिफाइनलमा आज यूएईसँग खेल्दै नेपाल


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटको सेमिफाइनल प्रवेश गरेको नेपालले आज यूएईविरुद्ध खेल्दै छ।

मंगलबार अर्थात् आज ओमानको अल अमेरातमा नेपालले सेमिफाइनलमा यूएईको सामना गर्न लागेको हो। खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ मा सुरु हुनेछ।

विश्वकप छनोट हुने लक्ष्य बोकेको नेपालका लागि मंगलबारको खेल महत्वपूर्ण छ। नेपालले यसअघिको जस्तै शतप्रतिशत खेल प्रदर्शन गर्दै फाइनल पुग्ने लक्ष्य लिएको कप्तान सन्दीप लामिछानेले बताएका छन्।

यूएईलाई पराजित गर्दै नेपाल फाइनल पुगे आगामी अक्टोबर र नोभेम्बरमा अष्ट्रेलियामा हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपमा छनोट हुनेछ।

यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी–ट्वान्टी विश्वकप खेलेको थियो। त्यसपछि नेपाल छनोट हुन सकेको छैन। नेपाल र यूएईको पछिल्लो हेड टु हेड बराबरीको स्थितिमा रहेको छ।

कम्तान सन्दीपले मंगलबारको खेलमा टिम लयमा रहने प्रष्ट पारे। ‘हाम्रो तर्फबाट अहिलेसम्म शतप्रतिशत दिएका छौँ’, सन्दीपले भने, ‘त्यसरी नै यूएईविरुद्ध पनि ज्यु ज्यान लगाएर नेपाललाई विश्वकपमा छनोट गराउने छौँ।’

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ६ : ५८ बजे

कांग्रेस नेता-कार्यकर्तालाई देउवाको अपिल : गगनहरूले बोलाएको महाधिवेशनमा भाग नलिनू

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सभापति संस्थापन पक्षको महाधिवेशनमा

कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्ड अवरुद्ध

हुम्ला– लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण कर्णाली करिडोरको

गुठी विधेयक चाँडै ल्याइने छ : मन्त्री रावल

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

सरुवा भएका निजामती कर्मचारीलाई अनिवार्य रमाना दिन निर्देशन

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

मकवानपुरमा यात्रुवाहक ईभी गाडी दुर्घटना, ४ जनाको मृत्यु

काठमाडौं- मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सुकौरामा मंगलबार दिउँसो यात्रुवाहक विद्युतीय गाडी