विश्व इतिहासमा आजः फिलिपिन्समा क्रान्तिदेखि कम्युनिस्ट देश घोषणासम्म « Khabarhub

विश्व इतिहासमा आजः फिलिपिन्समा क्रान्तिदेखि कम्युनिस्ट देश घोषणासम्म


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज सन् २०२२ को २२ फेब्रुबरी। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

युक्रेनी राष्ट्रपतिविरुद्ध महाअभियोग

सन् २०१४ मा युक्रेनका तत्कालिन राष्ट्रपति भिक्टोर यानुकोभ्याचमाथि महाअभियोग लगाइएको थियो। युरोपेली संघसँगको सम्बन्ध सम्झौता त्यागेपछि व्यापक विरोधबीच उनीमाथि महाअभियोग लागेको थियो। महाअभियोगपछि उनी देश छोडेर भागेका थिए। उनीमाथि आर्थिक अनियमितताको आरोप लागेको थियो।

न्युजिल्यान्डको क्रिस्टचर्चमा विनाशकारी भूकम्प

सन् २०११ मा न्युजिल्यान्डको क्रिस्टचर्चमा गएको विनाशकारी भूकम्पमा १८५ जनाको मृत्यु भएको थियो। ६ दशमलब ३ म्याग्निच्युडको सो भूकम्प शहरी क्षेत्रमा रेकर्ड गरिएको सवैभन्दा उच्च तीव्रतामध्ये एक थियो।

फिलिपिन्समा जनशक्ति क्रान्ति

सन् १९८६ मा फिलिपिन्समा जनशक्ति क्रान्ति सुरु भएको थियो। सो अहिंसात्मक क्रान्तिपछि राष्ट्रपति फर्डिनान्ड मार्कोसको पतन र देशमा प्रजातन्त्र पुनस्र्थापना भएको थियो।

चेकोस्लोभाकियालाई कम्युनिस्ट देश घोषणा

सन् १९४८ मा चेकोस्लोभाकिया कम्युनिस्ट राज्य घोषित भएको थियो। सन् १९८९ को भेलभेट क्रान्तिपछि चेकोस्लोभाकिया संसदीय गणतन्त्र भएको थियो। सन् १९९३ मा विभाजनपछि चेक रिपब्लिक र स्लोभाक रिपब्लिक भएका थिए।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ७ : १८ बजे

२४ घण्टामा देशभर २२ स्थानमा आगलागीका घटना

काठमाडौं– राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार बिहान

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्दैछ।

२०८३ को पात्रोको गणना सम्बन्धी निर्णय यो साता हुँदै

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले वि.सं २०८३ को

बन्डी बिच गोलीकाण्डका आक्रमणकारी बाबु छोरा भएको खुल्यो

काठमाडौं – १५ जनाको मृत्यु हुनेगरी आइतबार सिड्नीको बन्डी बिचमा