प्रदेश १ को नाम टुंग्याउन सर्वदलीय बैठक, के होला नाम ? | Khabarhub Khabarhub

प्रदेश १ को नाम टुंग्याउन सर्वदलीय बैठक, के होला नाम ?


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर – मुलुकका अन्य ६ प्रदेशको नामाकारण सम्पन्न भइसकेपछि प्रदेश १ ले पनि नामाकरणका बारेमा छिनोफानो गराउन सर्वदलीय बैठक बोलाएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अपराह्न १२ बजे बोलाइएको बैठकमा पाँच दलीय गठबन्धनमा आवद्ध दलका शीर्ष नेता सहभागी हुनेछन्।

प्रदेशसभा गठन भएको चार वर्ष वितिसक्दा पनि पहिचानका आधारमा कि भूगोल वा अन्य विषयलाई सम्बाेधन गरेर प्रदेशको नामाकरण गर्ने भन्ने विषयमा सहमति हुन नसक्दा प्रदेश १ को नामाकरण हुन सकेको थिएन।

नेकपा एमालेका सांसद शेरधन राई नेतृत्वको सरकारले पटक-पटक नामाकरणका बारेमा छलफल गरे पनि निष्कर्ष दिन नसकेको विषयलाई सोही पार्टीबाट विभाजित भएको नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र राई नेतृत्वको सरकारले सर्वदलीय बैठकबाट सहमति गरेर नामाकरणको निष्कर्ष निकाल्ने प्रयास गरेको हो।

लिम्बुवान, सगरमाथा, कोशीलगायतका नाम सांसदले औपचारिक वा अनौपचारिक रुपमा प्रस्तुत गरे पनि राजनीतिक दलबीच सहमति हुन नसकेको बेला सर्वदलीय बैठकमार्फत नाम टुंगोमा पुर्‍याउन लागिएको स्वास्थ्यमन्त्री जयराम यादवले जानकारी दिए।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  १० : १० बजे

आज भारतको बिहार विधानसभा चुनावको मत गणना हुँदै

काठमाडौं–  भारतको बिहार विधानसभा चुनावको मत गणना आज हुँदैछ।  दुई

‘भ्रष्टाचारको ट्याग हटाउन कति पटक मरौं ?’

काठमाडौं – भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्‍गशाला निर्माणमा धुर्मुस-सुन्तली

थारू महिलाको पौरख : नेपालगञ्जलाई अर्ग्यानिक स्वाद

राँझा– नेपालगञ्ज सहरको व्यस्तता र आयातित तरकारीको भीडमा बाँके र

कुमारी घरको छानो जीर्णोद्धार गर्न एक करोड २५ लाख

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कुमारीवहाल (कुमारीघर) को छानो जीर्णोद्धार गर्न रु

आज विश्व मधुमेह दिवस मनाइँदै

काठमाडौं– विविध चेतनामूलक कार्यक्रमका साथ आज विश्व मधुमेह दिवस नेपालसहित