जलवायु परिवर्तनः चीनको भारी वर्षामा कोभिड लकडाउन कारक « Khabarhub

जलवायु परिवर्तनः चीनको भारी वर्षामा कोभिड लकडाउन कारक


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– सन् २०२० मा चीनमा भएको भारी वर्षामा कोभिडका कारण उत्सर्जनमा तीव्र गिरावट जोडिएको वैज्ञानिकहरूले बताएका छन् । हरितगृह ग्यासहरू र एरोसोल भनिने साना कणहरूमा गिरावटले वायुमण्डलीय परिवर्तनहरू निम्त्याउदा तीव्र वर्षा भएको वैज्ञानिकहरुको बुझाइ छ ।

ग्रीष्म याममा भएको भारी वर्षमा सयौं मानिसको मृत्यु हुनुका साथै विस्थापित लाखौंलाई अन्यत्र स्थानानन्तरण गरिएको थियो ।

तर, उत्सर्जनमा दीर्घकालीन कटौतीले यस्ता घटनाहरू उक्साहट गर्ने सम्भावना छैन् । सन् २०२० को जुन र जुलाईमा गएको भीषण वर्षाले पूर्वी चीनको अधिकांश क्षेत्रमा ठूला बाढीपहिरो गएका थिए ।

ग्रीष्म समयमा भएको कूल वर्षामध्ये एक तिहाई वर्षामा उत्सर्जनमा भएको कटौती जिम्मेवार भएको अनुसन्धानकर्ताहरु बताउँछन् । याङजी नदीमा सन् १९६१ पछिकै ठूलो वर्षा भएको थियो । अघिल्लो ४१ वर्षको अवधिको औसतको तुलनामा जुन र जुलाईमा ७९प्रतिशत वृद्धि भएको छ ।

धेरै वैज्ञानिक अध्ययनले बाढी हुनुका कारण अवलोकन गरिरहेका छन् । केही अध्ययनले हिन्द महासागरको चरम अवस्थाहरूलाई औंल्याएका छन् ।

कोभिड–१९ महामारीको समयमा भएका बन्दका कारण ग्रीनहाउस ग्यास र एरोसोलको उत्सर्जनमा अचानक कमी आएको र वर्षाको त्यो मुख्य कारण भएको वैज्ञानिकहरुको तर्क छ ।

पछिल्लो चार दशकमा वायुमन्डलमा एरोसोलको संख्यामा भएको बृद्धिले पूर्वी तथा मध्ये चीनमा गर्मी मौसममा हुने वर्षाको ठूलो मात्रा घटेको उनीहरुको अध्ययनमा उल्लेख छ ।

प्रायः कोइलाको जलनसँग सम्बन्धित यी कणहरू ठूला–ठूला आँधीका घटनालाई न्यून गर्न सक्छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ४ : २९ बजे

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल