ए डिभिजन लिगः पुलिस र एपीएफबीचको खेलमा बराबरी « Khabarhub

ए डिभिजन लिगः पुलिस र एपीएफबीचको खेलमा बराबरी


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत मंगलबार भएको नेपाल पुलिस क्बल र एपीएफबीचको खेल बराबरीमा सकिएको छ ।

दशरथ रंगशालामा भएको खेलको पहिलो मिनेटमै गरेको गोलको अग्रता जोगाउन नसक्दा नेपाल पुलिस क्लबले लिगमा विभागीय प्रतिद्वन्द्वी एपीएफ फुटबल क्लबसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

पुलिसका लागि सुमन लामा र एपीएफका लागि प्रदीप लामाले गोल गरे । पुलिसका सुमनले पहिलो मिनेटमै अग्रता दिलाए । एपीएफका विदेशी डिफेन्डर एडामा डोउम्बिया र गोलरक्षक युया कुरियामाको तालमेल अभावको फाइदा उठाउँदै राष्ट्रिय टोलीका सदस्यसमेत रहेका सुमनले बक्स भित्रबाट खाली पोष्टमा सहज गोल गरे । यसअघि डिफेन्डर कपिल ढकालले सो बल उपलब्ध गराएका थिए ।

खेलको ४१ मिनेटमा एपीएफले बराबरी गोल ग¥यो । उसका प्रदीप लामाले डिबक्स बाहिरबाट गोल गरे । पुलिसका डिफेन्डरले राम्ररी क्लियर गर्न नसकेको बललाई डिबक्स बाहिर नियन्त्रणमा लिँदै प्रदीपले पहिलो बार च्याप्दै गोल गरेका हुन् । राष्ट्रिय टोलीका सदस्यसमेत रहेका पुलिसका गोलरक्षक शत्रुघन चौधरीले सो प्रहार रोक्न नसक्दा एपीएफले बराबरी गर्ने मौका पाएको हो ।

एपीएफका राजन गुरुङ खेलको म्यान अफ दि म्याच घोषित भए । उनले १० हजार र ट्रफी पाए । एपीएफकै प्रदीप लामा इमर्जिङ प्लेयर घोषित भए । उनले पाँच हजार पाए ।

बराबरीपछि पुलिस र एपीएफ यथास्थानमै रहे । पुलिस १२ खेलबाट ११औँ स्थानमै छ भने समान खेलबाट एपीएफ आठौं स्थानमा छ । आजै हुने १२ औँ चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

जारी लिगको १२ औँ चरणको सकिँदा मछिन्द्र फुटबल क्लब च्याम्पियन भइसकेको छ । यता, च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब दोस्रो डिभिजनमा घटुवा भइसकेका छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ४ : ०७ बजे

दुई पालिका जोड्ने निर्माणाधीन पुललाई दुई करोड बजेट

तनहुँ– तनहुँका दुई पालिका जोड्ने निर्माणाधीन मोटरवेल पुलका लागि गण्डकी

फरार दुई प्रतिवादी पक्राउ

कञ्चनपुर– कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई

मनसुनी वायुको प्रभाव कायमै, विभिन्न भूभागमा वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर

बदलिँदो युगमा नेपालले पहिल्याउनुपर्ने अबको कूटनीतिक बाटो

हालै मैले बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले गत २२ देखि २६

हलमा रित्तिए नेपाली फिल्म : फ्लपको असर त होइन ?

काठमाडौँ- हलमा नेपाली फिल्म नील भएको छ । अघिल्ला निकट