टी-२० विश्वकपमा पुग्न युएईले नेपाललाई दियो १७६ रनको लक्ष्य « Khabarhub

टी-२० विश्वकपमा पुग्न युएईले नेपाललाई दियो १७६ रनको लक्ष्य


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी टी-२० छनोटको सेमिफाइनलमा युएईले नेपाललाई १७६ रनको लक्ष्य दिएको छ। ओमानको अल अमेरतमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ७ विकेटको क्षतिमा १७५ रन जोड्यो।

युएईका लागि ओपरन मोहमद वासीमले अर्धशतक प्रहार गरे। उनले ७० रन जोडे। ४८ बलमा ४ चौका र ४ छक्का हिर्काएका उनलाई अभिनास बोहराले १७औं ओभरमा आसिफ शेखबाट क्याच गराएका थिए।

नेपालविरूद्ध युएईले पहिलो ६ ओभरको पावरप्लेमा १ विकेटको क्षतिमा ५८ रन जोड्यो।

युएईका ओपनिङ ब्याट्सम्यान चिराग सुरीलाई जितेन्द्र मुखियाले ४ रनमा बोल्ड गरेका थिए। यद्यपी जितेन्द्रले चौथो ओभरमा उनले १८ रन खर्चियो। यो ओभरमा उनले दुई चौका र एक छक्का दिए।

यस्तै विकेटकिपर ब्याट्सम्यान बृत्य अरविन्दले ४६ रन जोडे। २३ बलमा ५ चौका र ३ छक्का प्रहार गरेका उनलाई नेपालका कप्तान सन्दीप लामिछानेले बोल्ड गरेका थिए।

यस्तै जितेन्द्रले १८ ओभरमा बासिल हमिदलाई २ रन र जाफर फइदलाई ११ रनमा आउट गरेका थिए।

बलिङमा नेपालका जितेन्द्र मुखिया र अभिनास बोहराले ३-३ विकेट लिए। कप्तान सन्दीप लामिछानले १ विकेट हात पारे।

यो खेलको विजेता आगामी अक्टोबरमा अस्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट हुनेछ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ५ : १८ बजे

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट