‘किसानका माग सम्बोधनपछि मात्र चुनाव गर’: जनमत पार्टी « Khabarhub

‘किसानका माग सम्बोधनपछि मात्र चुनाव गर’: जनमत पार्टी


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनमत पार्टीले मंगलबार जनकपुरधाममा प्रदर्शनसँगै निर्वाचन कार्यालय घेराउ गरेको छ ।

जनमतका नेता तथा कार्यकर्ताले किसानका माग सम्बोधन भएपछि मात्र चुनाव गराउनुपर्ने भन्दै दबाब दिएका हुन् ।

११ बुँदे माग राखेर किसान आन्दोलन गर्दै आएको जनमत पार्टीले सरकारविरुद्ध प्रदर्शन गर्नुका साथै निर्वाचन कार्यालय घेराउ गरेको छ ।

जनमतका जिल्ला अध्यक्ष ओमविक्रम कुशवाहाको नेतृत्वमा निस्किएको ¥याली नगरका विभिन्न भागको परिक्रमा गर्दै निर्वाचन कार्यालय घेराउ गरेको थियो । किसानका माग पूरा नभए निर्वाचनमा अवरोध गर्ने उनीहरूले चेतावनी पनि दिएका छन् ।

किसानको समस्यालाई सम्बोधन गर्न ११ बुँदे मागसहित करिव दुई महिनादेखि जनमत पार्टी आन्दोलनमा छ ।

जनमत पार्टीले किसानका लागि पेन्सन, बालीनालीको स्वतः बिमा, कृषि मिटरको बिजुली निशुल्क, मलखाद र बीउबीजनको व्यवस्था, बाली क्षतिपूर्तिवापत् राहत, फसलको उचित समर्थन मूल्य निर्धारण, उखु किसानको भुक्तानी, मुद्दा फिर्ता, किसानमाथिको दमन बन्द गर्नुपर्ने र उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राख्दै आएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ६ : ०२ बजे

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी

शेयर कारोबारी अग्रवाल एमालेमा प्रवेश गर्दै

काठमाडौं – नेपाली शेयर कारोबारी दीपेन्द्र अग्रवाल नेपाल कम्युनिष्ट पार्टी

हातहतियार बुझाउन गुल्मी प्रशासनको आग्रह

तम्घास – आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षालाई लक्षित गर्दै

कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीका प्रस्ताव पारित

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु