मधेस प्रदेशसभाको बैठक फागुन २२ गतेसम्मका लागि स्थगित « Khabarhub

मधेस प्रदेशसभाको बैठक फागुन २२ गतेसम्मका लागि स्थगित


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- मधेस प्रदेशसभाको आज बस्ने भनिएको बैठक बस्दै नबसी फागुन २२ गतेसम्मका लागि स्थगित भएको छ । आज दिउँसो २ बजे बस्ने भनिएको प्रदेशसभाको बैठक दोस्रो पटक विशेष कारण देखाउँदै प्रदेशसभा सचिवालयले फागुन २२ गतेसम्मको लागि स्थगित गरेको हो ।

प्रदेशसभा भवनको कम्पाउण्डभित्र कालोपत्र गर्ने काम भइरहेको र फागुन १५ गते हुन लागेको नेपाली कांग्रेसको जिल्ला अधिवेशनमा प्रदेशसभा सदस्य व्यस्त हुनुभएकाले आजको बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए ।

आज बस्ने बैठकमा प्रदेश सरकारद्वारा अघिल्लो बैठकमा पेश भएको प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यतालिका थियो । यसअघि फागुन १ गते आह्वान गरिएको प्रदेशसभाको बैठक विशेष कारण जनाउँदै प्रदेशसभा सचिवालयले स्थगित गरेको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ७ : ३० बजे

निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि