आन्दोलनका नाममा सामाजिक जीवनलाई अवरोध पु-याउने काम नगर्न गृह मन्त्रालयको ध्यानाकर्षण | Khabarhub Khabarhub

आन्दोलनका नाममा सामाजिक जीवनलाई अवरोध पु-याउने काम नगर्न गृह मन्त्रालयको ध्यानाकर्षण


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृह मन्त्रालयले हालका दिनमा केही समूहबाट सडक प्रदर्शन गर्ने र सामाजिक जीवनलाई अवरोध पु-याउने काम भइरहेको भन्दै त्यसतर्फ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै आन्दोलनका नाममा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड गर्ने र हिंसाजन्य गतिविधिबाट नागरिकको स्वतन्त्रतापूर्वक जिउने हकमा बाधा पु-याउने कार्य भइरहेको जनाउँदै त्यस किसिमका कार्य नगरी दिन सम्बन्धित सबैमा ध्यानाकर्षण गराएको हो ।

“पूर्वप्रधानमन्त्री चढेको सवारी साधनमा अवरोध पु-याउने र ढुङ्गा प्रहार गर्नेसम्मको हर्कत देखिएको भन्दै मन्त्रालयले त्यस्ता हिंसात्मक कार्यप्रति नेपाल सरकार भत्र्सना गर्दछ र त्यस्ता घटनामा संलग्न व्यक्ति छानबिनको क्रममा समेत रहेको स्पष्ट पारेको छ”, विज्ञप्तिमा उल्लेख छ । साथै यस्ता प्रकृतिका घटनाको सरकारले गम्भीरतापूर्वक निगरानी गरिरहेको मन्त्रालयले जनाएको छ ।

यही फागुन ८ गते आफ्नो निवासबाट संसद् भवन आउने क्रममा पूर्वप्रधानमन्त्री चढेको सवारी साधनमा एमसीसीको विरोधमा प्रदर्शनकारीले सवारीमा ढुङ्गा प्रहार गरेका थिए ।

जनताको प्रतिनिधिमूलक संस्था संसद्लाई लक्षित गरी माननीय सांसदलाई समेत संसद् भवनमा आवागमनका क्रममा अवरोध गर्ने र अपमान गर्ने गतिविधि देखिएको मन्त्रालयले जनाएको छ । सरकार नागरिकको जीउधनको सुरक्षा गर्न सदैव तत्पर रहेको तथा संवैधानिक र कानूनी हकको उपयोग गर्दै शान्तिपूर्ण प्रदर्शनप्रति सरकार र सुरक्षाकर्मीबाट उच्च संयमता अपनाइएको विज्ञप्तिमा जनाइएको छ ।

 

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ७ : ५३ बजे

नक्कली भूटानी शरणार्थी प्रकरणः रौतहटका रन्जनकुमार खरेल पक्राउ

काठमाडौं – नक्कली भूटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेका एक

पूर्वसचिव डा श्रेष्ठद्वारा लिखित पुस्तक लोकार्पण

पाटन– वरिष्ठ मनोचिकित्सक तथा सरकारका पूर्वसचिव डा निराकारमान श्रेष्ठद्वारा लिखित

स्थान हद नतोक्न र शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन अध्यक्ष ओलीको आग्रह

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

युवा तथा खेलकुद मन्त्रालयमा गुनासो सुनुवाइ कक्ष स्थापना

काठमाडौं– युवा तथा खेलकुद मन्त्रालयले खेलकुद क्षेत्रसँग सम्बन्धित नागरिकका गुनासोहरू सुन्न