श्रीलङ्कामा थप ३० जना कोभिड सङ्क्रमितको मृत्यु, मृतक सङ्ख्या १६ हजार नाघ्यो | Khabarhub Khabarhub

श्रीलङ्कामा थप ३० जना कोभिड सङ्क्रमितको मृत्यु, मृतक सङ्ख्या १६ हजार नाघ्यो


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलोम्बो- श्रीलङ्कामा पछिल्लो २४ घण्टामा थप ३० जना कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ ।

यससँगै श्रीलङ्कामा कोभिडका कारण मृत्यु भएका व्यक्तिको सङ्ख्या १६ हजारभन्दा बढी पुगेको स्वास्थ्य मन्त्रालयले मङ्गलबार गरेको एक अपडेटमा जनाएको छ । आधिकारिक तथ्याङ्क अनुसार सोमबार साँझसम्म यो भाइरसबाट कुल मृत्यु हुनेको सङ्ख्या १६,०२४ पुगेको छ । यस्तै सङ्क्रमितको सङ्ख्या छ लाख ३८ हजार ०४३ पुगेको छ ।

स्वास्थ्य अधिकारीहरूले हाल श्रीलङ्कामा ओमिक्रोन विविधताको सङ्क्रमण फैलिएका कारण दैनिक एक हजारभन्दा बढी सङ्क्रमित हुने गरेका छन् ।

कोलम्बोलगायत विभिन्न क्षेत्रबाट अस्पतालमा भर्ना हुनेक्रम बढेको र अक्सिजनमा आश्रित बिरामीको संख्या पनि बढेको अधिकारीहरूले बताएका छन् । तथापि, अस्पतालहरूले उपचारका लागि शैया अभाबको समस्या नदेखिएको बताएका छन् ।

श्रीलङ्काको स्वास्थ्य मन्त्रालयले २० वर्षभन्दा माथिका नागरिकहरूलाई अतिरिक्त खोपको मात्रा लिन आग्रह गरेको छ र मानिसहरुलाई मास्क लगाउने र सामाजिक दुरी कायम राख्नेलगायतका सम्पूर्ण स्वास्थ्य निर्देशिकाहरु कडाइका साथ पालना गर्न प्रोत्साहित गरेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ८ : ०८ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले