वामदेवले अमेरिकालाई भने– ‘एमसीसी फिर्ता लिएर सम्बन्ध अझ् प्रगाढ बनाउनुस्’ « Khabarhub

वामदेवले अमेरिकालाई भने– ‘एमसीसी फिर्ता लिएर सम्बन्ध अझ् प्रगाढ बनाउनुस्’


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले एमसीसी फिर्ता लैजान अमेरिकासँग आग्रह गरेका छन ।

पार्टी एकता राष्ट्रिय अभियानका संयोजकसमेत रहेका नेता गौतमले एससीसी सम्झौता फिर्ता लिएर नेपाल र अमेरिकाबीचको अभूतपूर्व मित्रतापूर्ण सम्बन्धलाई अझै प्रगाढ र समुधुर बनाउने कार्यमा सहयोग गर्न अमेरिकालाई आग्रह गरेका हुन् ।

जनस्तरमा विरोध भइरहँदासमेत सरकारले एमसीसी टेबल गरेको भन्दै गौतमले जनताप्रति सरकार इमान्दार नभएको देखिएको पनि बताएका छन् ।

मंगलरबार एक विज्ञप्ति जारी गर्दै गौतमले, ‘मैले यसभन्दा पहिले पनि एमसीसी परियोजना फिर्ता लैजान अमेरिकी सरकारलाई विज्ञप्तिमार्फत् अनुरोध गरेको थिएँ । म फेरि पनि अमेरिकी सरकारलाई विनम्रतापूर्वक यो परियोजना फिर्ता लैजान अनुरोध गर्दछु’, गौतमले भनेका छन, ‘यसबाट संसारको महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिका र कहिल्यै कसैको उपनिवेश हुन नपरेको गौरवगाथाले ओतप्रोत नेपाल राष्ट्रका बीच रहेको अभूतपूर्व मित्रतापूर्ण सम्बन्धलाई अझै प्रगाढ र समुधुर बनाउने सहयोग मिल्नेछ ।’

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ८ : ०८ बजे

मुस्ताङ एयरको सम्पर्कविहीन हेलिकप्टर सकुशल अवतरण

काठमाडौं- दोलखाको लाप्चा क्षेत्रबाट शुक्रबार सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टर

श्रममन्त्रीको पहिलो निर्णय- नेपालमै रोजगारी सिर्जना गरेर युवालाई पलायन रोक्छु 

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले नेपालमा नै

बालेन्द्र क्याबिनेटको निर्णयसँगै पक्राउ पर्न सक्छन् ओली र लेखक

काठमाडौं- गत भदौ २३-२४ को जेन-जी आन्दोलनका क्रममा भएको हताहती र

महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा

काठमाडौं– महान्यायाधिवक्ता सविता भण्डारी बरालले आज आफ्नो पदबाट राजीनामा दिएकी

कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको पहिलो निर्णय

काठमाडौं– सरकारले जेन-जी आन्दोलनसम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन