स्थानीय तहको निर्वाचन गर्न बाटो खुल्ला « Khabarhub

स्थानीय तहको निर्वाचन गर्न बाटो खुल्ला


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालतले स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै दायर भएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । उक्त आदेशसँगै निर्वाचन आयोगलाई निर्वाचनको गतिविधि सञ्चालन गर्न बाटो खुलेको छ ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले आज कारण देखाउ आदेश जारी गरेपछि आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्न बाटो खुलेको हो । महोत्तरीको भँगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले आफूहरुको कार्यकाल ६ महिना बाँकी रहेकाले त्यस अगावै हुने निर्वाचन असंवैधानिक भएकाले निर्वाचन गर्ने निर्णय बदर गर्न माग गर्दै रिट निवेदन दायर गरेका थिए ।

सर्वोच्च अदालत प्रशासनले स्थानीय तहको निर्वाचनपछि पाँचवर्षे कार्यकाल उपभोग गर्न नपाउने उल्लेख गर्दै गत माघ २६ गते पेस भएको निवेदन दर्ता (दरपीठ) गर्न अस्वीकार गरेको थियो । इजलासमा भएको सुनुवाइपछि उक्त आदेश जारी भएको हो ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ८ : २२ बजे

ओभिएडोविरुद्ध सानदार जित निकाल्दै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा

काठमाडौं – बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

बेइजिङ-अबुधाबी सिधा उडान सुरु

बेइजिङ – चीनको राजधानी बेइजिङ र संयुक्त अरब इमिरेट्स (यूएई)

निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ