देउवालाई ओलीको जवाफ– ‘आफूहरूका माग पूरा नभएसम्म कुनै संसदीय प्रक्रियामा जाँदैनौँ’ « Khabarhub

देउवालाई ओलीको जवाफ– ‘आफूहरूका माग पूरा नभएसम्म कुनै संसदीय प्रक्रियामा जाँदैनौँ’


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीबीचको भेटवार्ता सकिएको छ ।

आज साँझ प्रधानमन्त्री देउवा र ओलीबीच प्रधानमन्त्री निवास वालुवटारमा भेटवार्ता भएको हो ।

भेटका क्रममा प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनभित्रबाटै आफ्नो सरकारलाई असहयोग भएकाले प्रतिनिधिसभामा प्रस्तुत एमसीसी अनुमोदनमा सहयोगका लागि ओलीसमक्ष आग्रह गरेका थिए ।

भेटमा अध्यक्ष ओलीले आफ्नो पार्टीले विगत ६ महिनादेखि जायज मागहरू राखेर सदनमा आवाज उठाइरहेको स्मरण गराउँदै ती मागहरू पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने स्पष्ट पारेका थिए ।

भेटवार्ता नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी थिए ।

प्रतिनिधिसभामा एमसीसी सम्झौतासम्बन्धी प्रस्ताव पेश भएपछि यसमा सहमति जुटाउनका लागि प्रधानमन्त्री देउवा प्रयासरत छन् ।
एमसीसीको विषयमा गठबन्धनकै दलहरूले साथ छाडेपछि प्रधानमन्त्री देउवा ओलीलाई सहमतिमा ल्याउन थप सक्रियता देखाएका हुन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ८ : ५४ बजे

पालिकास्तरीय बाल कचहरी : बालविवाह अन्त्य गर्न माग

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा आइतबार सम्पन्न पालिकास्तरीय बाल कचहरीबाट

पालिकाबाटै राष्ट्रिय परिचयपत्र वितरण हुँदा सेवाग्राहीलाई सहज

तनहुँ– तनहुँका पालिकाबाट चालु आर्थिक वर्षको तीन महिनामा पाँच हजार

एसिया कप : दोस्रो खेलमा बंगलादेशसँग भिड्दै नेपाल

काठमाडौं – एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज दोस्रो

महबाट करोडको कारोबार

कैलाली– परिश्रम गरे स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने एक

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर– भोजपुरका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार बन्दै