ब्याजदरमा भएको वृद्धिले लगानीको वातावरणमा ह्रासः उद्योगी व्यवसायी « Khabarhub

ब्याजदरमा भएको वृद्धिले लगानीको वातावरणमा ह्रासः उद्योगी व्यवसायी


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा तरलताको अभावले अर्थतन्त्रमा शिथिलता देखिएको बताएका छन् ।

सोमबार नेपाल चेम्बर अफ कमर्स तथा वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारीबीचको अन्तर्क्रियामा चेम्बरका अध्यक्ष मल्लले तरलताको अभावले अर्थतन्त्रमा शिथिलता देखिनुका साथै ब्याजदरमा भएको वृद्धिले लगानीको वातावरणमा ह्रास आएका बताएका हुन् ।

उनले पछिल्लो परिस्थितिका कारण समस्त निजी क्षेत्रले साझा अवधारणा लिएर अगाडि बढ्नुपर्ने पनि बताए ।

अध्यक्ष मल्लले वीरगञ्ज उद्योग वाणिज्य संघ पनि नेपाल चेम्बर अफ कमर्स जस्तै पुरानो सस्था भएको भन्दै व्यावसायिका हक हितका विषयमा एकमत रहनुपर्ने बताए ।

कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध गुप्ताले व्यवसायीहरूका चुनौतीहरू साझा रहेको भन्दै सामाजिक सुरक्षा र श्रम नीतिले व्यवसायीहरू मारमा परेको बताए ।

कार्यक्रममा चेम्बरका उपाध्यक्ष दीपक श्रेष्ठ, महानिर्देशक कैलाशकुमार बजिमय, वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष माधव राजपाल, उपाध्यक्ष हरि गौतम, महासचिव मनोजकुमार दास, सहकोषाध्यक्ष प्रेमचन्द गोयललगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  १२ : ४० बजे

निरन्तरको खोजीपछि चिलिमेको सुरुङभित्र भेटिए चार शव

काठमाडौं–  नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले निरन्तर खोजी तथा

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले

महासभामा नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा राख्नुपर्छ : सांसद रेग्मी 

काठमाडौं– रास्वपा सांसद धनन्जय रेग्मीले राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनको

एआई विकास सुस्त बनाउनुपर्ने बहसबीच जुकरबर्गको प्रतिवाद

एजेन्सी– मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले कृत्रिम बौद्धिकता