इजरायलमा जारी कर्मचारी युनियनको आन्दोलनले नेपालीको भिसा रोकियो « Khabarhub

इजरायलमा जारी कर्मचारी युनियनको आन्दोलनले नेपालीको भिसा रोकियो


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – इजरायली परराष्ट्र मन्त्रालयको कर्मचारी युनियनको आन्दोलनका कारण नेपालबाट थप कामदार जान रोकिएका छन् ।

नेपाल र इजरायलबीच सरकारी स्तरमा (जीटुजी ) हस्ताक्षर भएको ‘इजरायलको नर्सिङ क्षेत्रमा नेपालबाट सहायक कामदार ल्याउने’ सम्बन्धी सम्झौता अनुसार वैदेशिक रोजगार विभागले विभिन्न चरणका परीक्षामार्फत छनौट गरेका १ हजारभन्दा बढी नेपालीहरुमध्ये हालसम्म २९७ जना इजरायल पुगिसकेका छन्।

तर अन्यको सम्झौता हस्ताक्षर, भिसा, पूर्व प्रस्थान अभिमुखीकरण लगायतका कामहरू भइरहेको समयमा इजरायली परराष्ट्र मन्त्रालयको कर्मचारी युनियनको आन्दोलनका कारण भिसाको काम रोकिँदा केही समययता नेपालीहरू इजरायल आउन नपाएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ।

छनौट भएर इजरायल आउने तयारीमा रहेका तथा अन्य सरोकारवालाहरूमा निरन्तर चासो तथा चिन्ता बढिरहेकोले कामदार ल्याउने प्रक्रिया रोकिएको सम्बन्धमा स्पष्ट पार्ने प्रयास गरिएको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार परराष्ट्र मन्त्रालय कर्मचारी युनियनको अगुवाइमा भइरहेको यस आन्दोलन अवधिभर सरकारी प्रक्रियाहरू अगाडि नबढाउन तथा महत्त्वपूर्ण भ्रमणहरू नगरिदिन आन्दोलनरत कर्मचारी युनियनबाट अपिल भएको तत्काल इजरायल आउन रोकिएको जनाएको छ ।

भिसा प्रक्रिया छिट्टै सुचारु हुने भन्दै केही समय धैर्य गर्न नेपालबाट इजरायल आउने तयारीमा रहेका नेपाली कामदारहरूलाई दूतावासले आग्रह गरेको छ। नेपाल सरकार र इजरायल सरकारबीच २०७७ असोज १४ गते श्रम सम्झौता भएको थियो ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ६ : ५५ बजे

सलमान-रश्मिकाको ‘सिकन्दर’ फ्लप, स्क्रिप्ट फिल्मभन्दा फरक भएको खुलासा

काठमाडौं – बलिउड सुपरस्टार सलमान खान र दक्षिणकी चर्चित अभिनेत्री

प्रेम आलेलाई टिकट दिएपछि जब भीम रावलले माधव र प्रचण्डलाई ‘झपारे’

काठमाडौं- पूर्वपर्यटन मन्त्री प्रेम आले नेकपा एकीकृत समाजवादी पार्टी कायम

जापानमा मध्यावधि चुनावको घोषणा हुने

एजेन्सी – जापानका प्रधानमन्त्री साने ताकाइचीले आफ्नो महत्त्वाकांक्षी नीतिगत एजेन्डालाई

शेखरकहाँ टिकट माग्‍नेको भिड, अहिलेसम्म भएको छैन गगनसँग संवाद

काठमाडौं- मंगलबार मनोयन गर्नुपर्ने समय आइसक्दा पनि नेपाली कांग्रेसभित्रको अन्योल

असहमति भए पनि पार्टी निर्वाचनमा पूर्ण रूपमा सहभागी भइसक्यो : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन प्रणालीका बारेमा