दक्षिण एसियाली च्याम्पियनसिप : एथलेटिक्स टोली आज भारत जाँदै « Khabarhub

दक्षिण एसियाली च्याम्पियनसिप : एथलेटिक्स टोली आज भारत जाँदै


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दक्षिण एसियाली क्रस कन्ट्री एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली आज (मंगलबार) भारतको नागाल्यान्ड प्रस्थान गर्दैछ ।

१२ चैतमा हुने प्रतियोगितामा नेपालबाट सिनियरमा ३-३ तथा जुनियरमा ३-३ पुरुष/महिला गरी १२ खेलाडी सहभागी हुने छन् ।

सिनियरको पुरुषमा मुकेशबहादुर पाल, सन्तोषनाथ योगी र सन्तोषविक्रम विष्ट तथा महिलामा राजपुरा पछाईं, फुलमति राना र बन्दना बुढा रहेका छन् । उनीहरुले १० किलोमिटर दूरीमा व्यक्तिगत र टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् ।

जुनियरको पुरुषमा बादल कार्की, अतुल गोरिया र दीपेन्द्र बोहरा तथा महिलामा समिता बुढा, राममाया कार्की र विमला कार्की छन् । खेलाडीले टिम र व्यक्तिगत स्पर्धामा खेल्ने छन् । पुरुषको ८ किलोमिटर र महिलाको ६ किलोमिटर दूरीमा खेल हुने छ ।

अफिसियलमा नेपाल एथलेटिक्स संघका सचिव आरके विष्ट र प्रशिक्षकमा कान्ती यादव छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्यसचिव कुलबहादुरले सोमबार नै एक कार्यक्रमबीच बिदाइ गरिसकेका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ९ : ३५ बजे

मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

बाजुरा– केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै बाजुराको जनजीवन

दार्चुलाका किसानको गुनासो– ‘लटरम्म स्याउ फले, बिक्री हुँदैन’

दार्चुला– दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म

हलमा टिकट काटेर हेर्नुपर्ने फिल्म सोझै मोबाइलमा !

चलचित्र हलमा नयाँ फिल्म रिलिज हुन्छ। दर्शक टिकट काटेर हल

मर्स्याङ्दीमा जलसतह  घट्यो, तत्काल बाढीको जोखिम छैन : जिल्ला प्रशासन

लमजुङ– वर्षाका कारण  मर्स्याङ्दी नदीमा बढेको पानीको सतह र बहाव

नारायणी पुलमा अड्किएको राइनो क्रुज निकाल्ने काम सुरु (तस्बिर)

चितवन– नारायणी नदीले बगाएर पुलको पिलरमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने