लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न गाउँपालिकाको माग « Khabarhub

लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न गाउँपालिकाको माग


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – गोरखाको सहिद लखन गाउँपालिकाले लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको छ ।

कार्यपालिका बैठकबाटै निर्णय गरेर पालिकाले नेपाल सरकारलाई उक्त निर्णय बुझाएको हो । यसबाहेक पहिलो जनविद्रोहमा लखन थापासँगै सहादत प्राप्त गर्ने जयसिंह चुमी राना मगर, जीतमान गुरुङ, विराज थापा मगर, जुठ्या थापा मगर, अछामी मगर र अजपसिंह थापा मगरलाई शहिद घोषणाको माग गरिएको गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरले जानकारी दिए ।

अध्यक्ष थापाले भने, ‘लखन थापाको जति सम्मान हुनसक्यो, उति इतिहासको सम्मान हुन्छ । राज्यले राष्ट्रिय विभूति घोषणा गर्न ढिलो गर्नु हुन्न ।’ गाउँपालिकाले पर्यटनमन्त्री प्रेम आलेलाई ज्ञापनपत्र नै बुझाएको हो ।

लखन थापाले सहादत प्राप्त गरेको दिन हरेक वर्ष सार्वजनिक विदाको घोषणा गर्न पनि माग गरिएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ९ : ५४ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२