‘राष्ट्रिय पुँजीको विकास माओवादीको प्रमुख एजेन्डा’ | Khabarhub Khabarhub

‘राष्ट्रिय पुँजीको विकास माओवादीको प्रमुख एजेन्डा’

कतिपय अन्तर्राष्ट्रिय शक्ति माओवादी २५ सिटमा झर्छ भन्दै हिँडेका छन्


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्थानीय तहको निर्वाचन मिति तोकिएपछि प्रमुख दल चुनावी दौडमा छन्। नेताहरु जिल्लाजिल्लामा पुगेर आफ्नो पक्षमा मतदाता पार्ने तयारीमा छन्। जिल्लाजिल्लामा आयोजित कार्यक्रममा उपस्थित भएर एक अर्कालाई गालीगलौज गर्न शीर्ष नेता व्यस्त देखिन्छन्। चुनावी माहोल बनाउने दौडमा रहेका नेता देश विकासको एजेन्डामा भन्दा अहिलेसम्मका उपलब्धिको ब्याज खाने र विपक्षीलाई गाली गर्ने होडमा देखिन्छन्। चुनावी रणनीति र पार्टीका गतिविधिको विषयमा खबरहबका लागि माओवादी नेता हरिबोल गजुरेलसँग धिरज बस्नेतले गर्नुभएको कुराकानीको सम्पादित अंशः

पोखरा पुगेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धनमा भर नपरी आफ्नै बलबुतामा उभिनुपर्छ भन्नुभयो ? के अब गठबन्धन नहुने टुंगो लागेको हो ?
चुनावको मिति नजिकिँदै जाँदा उहाँको आत्मविश्वास बढ्दैं गएको छ। माओवादीको पोजिसन विस्तारै राम्रो हुँदैछ। यो संकेत पाएर कांग्रेस भित्र पनि गठबन्धन गर्ने कि नगर्ने बहस र विवाद जारी छ। त्यो स्थितिमा हामी गठबन्धनको भरपरेर मात्र चुनावको तयारी गयौ भने भोलि समस्या निम्तिनसक्छ भन्ने उहाँको आशय हो। उहाँले नेता र कार्यकर्तालाई हामी लड्न सक्छौं, तयार छौँ, हामीसँग त्यो शक्ति छ भन्ने विश्वास व्यक्त गर्नुभएको हो।

जसरी प्रधानमन्त्रीले शेरबहादुर देउवाले दलका नेतालाई खेलाईखेलाई एमसीसी पास गर्नुभयो। त्यसैगरी तपाईंहरुले एमालेलाई धुर्की देखाएर गठबन्धनसँग तामेल गर्ने योजना बनाउनुभएको हो ?

होइन। त्यस्तो हुँदै होइन। शेरबहादुरजीले हामीलाई खेलाउनु भएको छैन। केपी ओली प्रधानमन्त्री हुँदा पनि उहाँले एमसीसी पास गर्नु पर्छ भन्नुभएको थियो। हामीले भने एमसीसीका गुण र दोष छुट्याएर अगाडि बढ्नुपर्ने बताएका थियौँ। त्यो अडान हामीले अन्तिम समयसम्म राखेका छौँ। त्यसकै जगमा व्याख्यात्मक घोषणा भएको हो।

प्रधानमन्त्रीे गठबन्धनसँग लचक हुने तर, अन्य काँग्रेसी गठबन्धन गर्न नहुने अडानमा छन्, किन होला ?
आन्तरिक राजनीतिमा अन्तर्राष्ट्रिय चलखेल धैरै भएको छ। माओवादीलाई कसरी कमजोर पार्ने भन्ने तयारीमा एउटा अन्तर्राष्ट्रिय प्रवृत्ति सक्रिय छ। त्यही समूहबाट प्रभावित नेता गठबन्धनको विरोधमा छन्। गठबन्धन नभएसम्म राजनीति अगाडि बढ्दैन। गठबन्धन नहुँदा झन अस्थिरता बढ्छ। आज एउटासँग मिलेर सरकार बनाको छ, भोली अर्कोसँग। गठबन्धन भयो भने कार्यकल पुरै समयसम्म जाने प्रेसर हुन्छ।

एमाले पनि गठबन्धन गर्न खोजिराखेको छ। भित्रभित्र एमालले माओवादीसँग हामी मिल्नुपर्छ भन्दै छ। गठबन्धन बिना अबको राजनीतिक अगाडि बढ्न नसक्ने स्थिति देखापरिसकेको छ।

गठबन्धन भनेको खासमा निर्वाचन परिणाम आएपछि सरकार बनाउनका लागि होला होइन् ?
होइन। अहिले त्यो स्थिति किन भयो भने एउटै पार्टीको बहुमत आउने स्थिति छैन। हामीले २०६४ सालमा एमालेसँग तालमेल गर्न खोजेको एकताको निर्णय गरेको एमालेपछि हटेको थियो। परिवर्तनकारी वामपन्थीलाई कसरी एकजुट पार्ने कसरी अगाडि बढाउने भन्ने हाम्रो चिन्ता हो। भएसम्म तालमेल गराउने नभए एक्लै अगाडि बढ्ने हो। गठबन्धनको संस्कार भारतमा छ। अहिले हामी प्रतिगमनविरुद्धको संघर्षमा एक ठाउँमा उभिएका शक्तिको गठबन्धन छ। यो चुनावका लागि होइन संविधान विरोधीका लागि बनेको हो।

गठबन्धनको वैशाखी नटेकी चुनावमा जाने आँट नआएको देखिन्छ, किन होला ?
गठबन्धनको कुरा सबैले गरिरहेका छन्। एमाले पनि गठबन्धन गर्न खोजिराखेको छ। भित्रभित्र एमालले माओवादीसँग हामी मिल्नुपर्छ भन्दै छ। गठबन्धन बिना अबको राजनीतिक अगाडि बढ्न नसक्ने स्थिति देखापरिसकेको छ। गठबन्धन भएपछि सापेक्ष रुपमा एक ठाउँमा कार्यकाल बिताउन पर्ने एउटा बाध्यता हुन्छ। आवश्यकता पनि हुन्छ। चुनावमा जाने आँटै नभएको भन्ने आरोप त कसरी पुष्टि हुन्छ र ! हाम्रै साथीहरु सहभागी भएको सरकारले चुनावको मिति घोषणा गरेपछि हामीले चुनाव बहिष्कार गर्ने कुरै हुँदैन नि। यो अन्तर्राष्ट्रिय शक्तिको चलखेलबाट आएको बोली मात्र हो।

अन्तर्राष्ट्रिय चलखेल भन्नुहुन्छ। तपाईंसँग यसलाई पुष्टि गर्ने आधार के छ ?
यो यर्थाय कुरा हो। कतिपय अन्तर्राष्ट्रिय शक्ति माओवादी २५ सिटमा झर्छ भन्दै हिँडेका छन्। यो भन्न खोजेको के हो ? त्यो त प्रवृतिको कुरा हो। यो शक्तिले कम्युनिस्ट अगाडि बढेको देख्न चाहदैन। त्यसैले चुनावको मुखमा घेराबन्दीमा छौँ भन्ने कुरा हामीले बुझ्नु पर्छ। अहिले देखिएका कमजोरी सुधार गरेर जनताका मनमा बस्न सक्यौं भने हामी विजयी हुन्छौँ। आफूलाई बलियो र रुपान्तरण गर्नेमा हाम्रो ध्यान छ।

माओवादीको एजेन्डा अनुसारको आचारण भएको छैन। आचरण सुधार्ने प्रयास गरिरहेका छौँ । पार्टी निर्माणमा पनि महिला, युवा, दलित, र अल्पसंख्यकलाई प्राथमिकतामा राखेका छौँ।

विगतका चुनावदेखि नै माओवादीको स्थिति ओरालो लागेको देखिन्छ, अहिले कसरी सुधार होला र ?
माओवादीको एजेन्डा अनुसारको आचारण भएको छैन। आचरण सुधार्ने प्रयास गरिरहेका छौँ । पार्टी निर्माणमा पनि महिला, युवा, दलित, र अल्पसंख्यकलाई प्राथमिकतामा राखेका छौँ। यत्ति भएर पनि अपेक्षा अनुरुप पार्टी एजेन्डालाई लागु गराउन सकिरहेका छैनौं। संविधान अनुसार पार्टी निर्माणको काम भइरहेको छैन। महाधिवेशनपछि कार्यकर्तामा देखिएको क्रियाशिलताले आत्मविश्वास बढाएको छ। यसले हामी एक्लै पनि जानसक्छौ भन्ने आँट आएको हो। जति सिट जितिन्छ त्यही तागतका भरमा हामी संघर्ष र बहस गर्दै जान्छौँ।

मोहन वैद्यदेखि रामबहादुर थापासम्मले पार्टी छोड्दै जाँदा पार्टी खुम्चिइसकेको छ। अब कसरी अगाडि बढ्ने ?
किरणजीको कुरै फरक छ। पार्टीमा देखिएको वैचारिक अष्पष्टताका कारण हाम्रो यो अवस्था आएको कुरा पार्टी अध्यक्षले भन्दै आउनुभएको छ। नेताको कार्यशैली र आचरणमा समस्या देखिएको छ। हाम्रै गल्ती र कमजोरीका कारण टुटफुट र विभाजन भयो। जहाँसम्म बादलजीको कुरा गर्नुभएको छ। उहाँहरु त प्रतिगमनमा सामेल हुनुभएको हो।

माओवादी आन्दोलनमा सहभागी योद्धाका कारण गणतन्त्र आएको हो। संघीयता पनि युद्धकै देन हो। हामीले यसका लागि गर्व गर्नुपर्छ। अहिलेको परिवर्तन माओवादी युद्ध र १९ दिने जनआन्दोलनको परिणाम हो।

किरण र बादल फरक तरिकाले अगाडि बढ्नुभयो। तर, बाबुरामले किन पार्टी छोड्नुपर्यो ?
बाबुरामजीको सोचमै समस्या छ भन्ने पुष्टि भइसकेको छ। उहाँ त पार्टीको झण्डा नै मिल्काएर हिँड्नुभयो। उहाँमा कम्युनिष्टको चरित्र, मान्यता, सिद्धान्त, आदर्श नै छैन। प्रचण्डका कारण बाबुरामजी जानुभो भन्न मिल्दैन। अब प्रचण्डको युगको अन्त्य भयो भनेर उहाँ हिँड्नुभयो। तर, आज आफैं समस्यामा हुनुहुन्छ।

एउटा गीतले माओवादीलाई किन यत्तिधेरै ‘पीर’ पार्यो ?
त्यो गीतको सन्दर्भ फरक छ। सार्वजनिक भएको भिडियोको सन्दर्भमा म अहिले धेरै कुरा बोल्न चाहन्न। माओवादीले अरुलाई खोट लगाउने भन्दा पनि आफूभित्रका कमिकमजोरी करेक्सन गर्नुपर्छ। गीतको कुरा पछि गरौँला।

माओवादीको विगत र वर्तमानको यथार्थलाई गीतमा प्रस्तुत गर्न किन प्रतिबन्ध ? यो चाहिँ प्रष्ट पारिदिनुहोस् न।
अब माओवादी आन्दोलनमा सहभागी योद्धाका कारण गणतन्त्र आएको हो। संघीयता पनि युद्धकै देन हो। हामीले यसका लागि गर्व गर्नुपर्छ। अहिलेको परिवर्तन माओवादी युद्ध र १९ दिने जनआन्दोलनको परिणाम हो। त्यसलाई अपमान गर्ने अधिकार कसैलाई छैन। माओवादी अहिले सुध्रिनुपर्ने ठाउँमा आएको कुरा त मैले अघि नै भनिसकेँ।

गीतमा यथार्थ प्रस्तुत गरिएको छ। यसलाई मनन गरेर आफूलाई सुधार्ने मौका मान्नुपर्ने कुरा त तपाईंहरुले बुझ्नु पर्ने होइन र ?
मैले अघिदेखि भनेकै छु। हामीबाट गल्ती कमजोरी भयो। जे जति कमजोरी भए सबै हाम्रै कारणले भए। वैचारिक अस्पष्टता भएर भयो। कार्यशैली, आचरणमा स्खलन आयो। यो हामीले स्वीकार गर्नैपर्छ। सच्चिन समय लाग्छ, हामी त्यसको प्रक्रियामै छौँ। अरुलाई दोष दिएर हामीले उम्किन मिल्दैन। तर, हाम्रा प्रयास र प्रयत्न जारी छन्।

माओवादीले राष्ट्रिय पुँजीको विकास कसरी गर्ने भन्ने विषयलाईसमेत प्रमुख एजेन्डा बनाएको छ। उत्पादन बढाएर आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउनुपर्ने आवश्यकता छ। त्यसलाई नै हामीले प्रमुख मुद्दा बनाएर अगाडि बढ्छौँ।

पार्टीभित्रको किचलोले पदाधिकारी चयन हुन सकेन भनिन्छ नि यथार्थ के हो ?
बाहिर हल्ला त जे पनि हुन्छ। प्रक्रियामा भएका विषय क्रमश अगाडि बढ्छन्। त्यसमा आत्तिनुपर्ने कुनै कारण छैन।

अन्तिममा यो पटकको चुनावमा के के एजेण्डा लिएर माओवादी जनतामा जान्छ ?
हाम्रो प्राथमिकता जनजीविकाको सवालमै हुन्छ। उत्पादन वृद्धि गर्ने, जनताको सेवा गर्ने, विदेशमा भएका युवालाई कसरी स्वदेश फर्काउने, समृद्धि कसरी ल्याउने। परिवर्तनको रक्षा कसरी गर्ने मुख्य कुरो हो। माओवादीले राष्ट्रिय पुँजीको विकास कसरी गर्ने भन्ने विषयलाईसमेत प्रमुख एजेन्डा बनाएको छ। उत्पादन बढाएर आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउनुपर्ने आवश्यकता छ। त्यसलाई नै हामीले प्रमुख मुद्दा बनाएर अगाडि बढ्छौँ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ११ : ०९ बजे

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि मोहम्मद अफताव आलमलाई जन्म कैदसम्म

मन्त्रिपरिषद् बैठक  सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु

नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास 

काठमाडौं- सशस्त्र प्रहरीले चितवनको नारायणी नदीमा सेमुलेशन अभ्यास सम्पन्न गरेको

सुनिल पौडेललाई थुनामा राख्न आदेश

काठमाडौं- नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले

भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा

टक्सार– भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

सर्लाहीको हरिपूर्वामा आगोले जलेर चार घर नष्ट 

बरहथवा– सर्लाहीको हरिपूर्वा नगरपालिका–५ धोवीनियामाा आगलागी भएको छ । आगोले