अमेरिकामा ट्याक्सी चलाउँछन् अफगानिस्तानका पूर्वअर्थमन्त्री « Khabarhub

अमेरिकामा ट्याक्सी चलाउँछन् अफगानिस्तानका पूर्वअर्थमन्त्री


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अफगानिस्तानका पूर्व अर्थमन्त्री खालिद पेयन्दाले अमेरिकी सहर वासिंगटनमा ट्याक्सी हाँकेर गुजारा चलाउने गरेका छन् ।

गत वर्षको अगष्ट महिनामा तालिबानले सत्ता कब्जा गर्नु एक साताअघि एउटा सार्वजनिक कार्यक्रममा तत्कालीन राष्ट्रपति असरफ घानीले आलोचना गरेपछि उनले राजीनामा दिएका थिए ।

वासिंगटन पोस्टमा प्रकाशित एउटा रिपोर्टअनुसार ४० वर्षीय पेयन्दाले ६ घन्टामा १५० डलर भन्दाबढी कमाउँछन् । अमेरिका पुगेपछि पेयन्दाले आफ्नो परिवारसँग पुनर्मिलन भएको बताएका थिए ।

कुनै बेला उनले अमेरिकाले अफगानस्तिानलाइ सहयोग प्रदान गरेको ६ अर्ब डलर रकमको व्यबस्थापन गरेका थिए ।

राजधानी काबुलबाट वासिंगटनसम्मको आफ्नो सङ्क्रमणकालीन अवधिलाई पेयन्दाले ‘बिल्कुल परिवर्तन’ भनेका छन् । काबुल ढलेको महिनौँपछि पनि पेयन्दाले प्रजातान्त्रिक ढंगले निर्वाचित सरकार चाँडो पतन हुनुमा आफ्ना सहकर्मीसँगै आफू पनि जिम्मेवार रहेको बताउँछन्।

उनी भन्छन्, ‘सुधार गर्ने र गम्भीर बन्ने सामूहिक इच्छा थिएन । देश तालिबानलाई सुम्पिएकोमा उनले अमेरिकाकोसमेत आलोचना गरे ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ११ : ३३ बजे

काठमाडौंको मेयरबाट राजीनामा दिँदै बालेन : आजै रास्वपा बैठकमा सहभागी हुने

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आज पदबाट

ओलीले टिकट नदिएपछि विष्णु रिजाल लेख्छन्- तेस्रो पटक पनि नेतृत्वको रोजाइमा पर्न सकिएन

काठमाडौं – नेकपा (एमाले) युवा नेता विष्णु रिजालले कार्यकर्ताको रोजाइमा

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका दुईवटा समितिको बैठक आज

कर्णालीमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ सम्पन्न

कर्णाली– यही माघ १ गते सञ्चालन भएको ‘दोस्रो प्रादेशिक मह

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ