नेपालमा बढ्दो साउथ फिल्मको क्रेज | Khabarhub Khabarhub

नेपालमा बढ्दो साउथ फिल्मको क्रेज


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्ल्लो समय नेपालमा पनि साउथ इन्डियन फिल्महरुको क्रेज बढ्न थालेको छ । बाहुबली सिरिज मार्फत साउथ इन्डियन फिल्म तर्फ आकर्षित भइरहेका दर्शकहरुलाई थप आकर्षण बन्यो केजीएफ र पुष्पा । पछिल्लो रिलिज फिल्म पुष्पापछि हरेक हप्ता साउथ इन्डियन हिन्दी फिल्महरु नेपाल आउन थाले ।

बाहुबली सिरिजबाट साउथ इन्डियन फिल्मको दर्शकलाई नेपालमा बढाउन सफल निर्देशक एसएस राजामौली निर्देशित फिल्म ’आरआरआर’ आउँदो शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । शुक्रबारबाट प्रदर्शनमा आउने फिल्मको बुकिङ नेपालमा सोमबार नै खुलेको यो पहिलो हुनसक्छ ।

प्राय बुधबार बुकिङ खोलिने भएता पनि विशेष फिल्मको मंगलबार नै खोल्ने गरिन्छ । हल संचालकहरु दर्शक माँझ प्रतिक्षित रहेको फिल्महरु प्राय छिटै बुकिङ खोलिने बताउँछन् । आरआरआरको टिकेट बुकिङमा टिकेटनै खरिद गर्नु पर्ने हुन्छ ।

टिकेट नै खरिद गर्नु पर्ने अवस्थामा पनि मल्टिप्लेक्सहरुमा शोहरु शुक्रबार अगाडी नै सोल्ड आउट हुने सम्भावना बढेको छ । पछिल्लो समय साउथ इन्डियन दर्शक बढिरहेको समयमा नेपाली दर्शकलाई साउथ इन्डियन फिल्मको लत लगाउने निर्देशक राजमौलीकै फिल्म ’आरआरआर’ रिलिज हुने भएकोले पनि नेपालमा यसको क्रेज बढेको हो ।

थ्री डी प्रविधिमा रिलिज हुने फिल्मले क्युएफएक्स अन्तर्गतका उपत्यका तथा मोफसलका हलहरुमा ४७ शो पाएको छ । यस्तै , क्युएफएक्स अन्तर्गतकै टू डी प्रविधिमा यसले १८ शो पाएको छ । राजधानीमा रहेको अन्य मल्टिप्लेक्सहरुमा कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मुभिजले न्युज तयार पार्दासम्म शो पब्लिस गरेको छैन भने, दरबारमार्ग स्थित राइजिङ मलमा रहेको क्युज सिनेमाजमा ६ शो, गोंगबुमा रहेको बिएसआर मुभिजमा ५ शो, सुन्धारास्थित सिटिसी मलमा रहेको सिने डी सेफमा ७ शो, बानेश्वरस्थित आइप्लेक्समा रहेको वान सिनेमाजमा ७ शो, आइएनआइ सिनेमा अन्तर्गत लोत्सेमलमा ८ शो र चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युबमा १० शो रहेको छ ।

नेपालमा फिल्म वितरणको अधिकार खरिद गरेको वितरण कम्पनि ए एट (ब्ड) फिल्म्सले अहिलेसम्मकै महँगो रकममा ल्याइएको कम्पनिका वितरण प्रमुख नविन शाक्यले बताए । यद्दपी उनले रकम खुलाउन चाहेनन् । ’फिल्मको लम्बाई ३ घण्टा रहेकाले पनि केहि शो घटेका छन् । यद्दपी आउँदो शुक्रबारसम्म शो बढ्ने छ किनकी सम्पूर्ण हलले फुल शो पब्लिस गरेका छैनन् ’ नविनले भने ।

लागत ४ सय करोड बढी भएको कारण पनि आरआरआर चर्चामा छ । निर्देशक राजामौलीले ‘बाहुबली’ सिरिज पश्चात निर्देशन गरेको मात्र नभई साउथका दुई स्टार जुनिएर एन्टीआर र राम चरणको अभिनय रहेकाले पनि यो प्रतिक्षित छ । यसमा बलिउडका कलाकारहरु अजय देवगन र आलिया भट्ट पनि छिन् । यसैले गर्दा यो प्रतिक्षित फिल्म बिग बजेटको फिल्म बनेको छ । बाहुबालीपछि दर्शक माँझ आउन लागेका निर्देशक राजमौलीबाट धेरै अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  १२ : ३९ बजे

‘लोकसेवामा ६ पटक भन्दा बढी परीक्षा दिन पाउनुपर्छ’

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले लोकसेवा आयोगको

गण्डकीका ४५ हजार ७ सय बढी विद्यार्थीले एसईई दिने

पोखरा– यस वर्षको एसईई परीक्षामा गण्डकी प्रदेशबाट ४५ हजार ७

गण्डकी प्रदेश सभाको चैत महिनाको कार्यतालिका सार्वजनिक

पोखरा– गण्डकी प्रदेश सभाले चैत महिनाका लागि सम्भावित कार्यतालिका सार्वजनिक

आँखा उपचारमा पहुँच बढाउन स्वास्थ्य मन्त्रालय र तिलगंगा प्रतिष्ठानबीच सम्झौता

काठमाडौं– आँखा स्वास्थ्य सेवामा नेपाली नागरिकको पहुँच बढाउन भन्दै स्वास्थ्य

पूर्वविशिष्टको सेवाबारे भार पर्ने कानून बनेको छैन : गृहमन्त्री 

काठमाडौं– गृहमन्त्री रमेश लेखकले पूर्वविशिष्ट पदाधिकारीको सेवा सुविधाबारे अनावश्यक भार