नेपालमा बढ्दो साउथ फिल्मको क्रेज « Khabarhub

नेपालमा बढ्दो साउथ फिल्मको क्रेज


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्ल्लो समय नेपालमा पनि साउथ इन्डियन फिल्महरुको क्रेज बढ्न थालेको छ । बाहुबली सिरिज मार्फत साउथ इन्डियन फिल्म तर्फ आकर्षित भइरहेका दर्शकहरुलाई थप आकर्षण बन्यो केजीएफ र पुष्पा । पछिल्लो रिलिज फिल्म पुष्पापछि हरेक हप्ता साउथ इन्डियन हिन्दी फिल्महरु नेपाल आउन थाले ।

बाहुबली सिरिजबाट साउथ इन्डियन फिल्मको दर्शकलाई नेपालमा बढाउन सफल निर्देशक एसएस राजामौली निर्देशित फिल्म ’आरआरआर’ आउँदो शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । शुक्रबारबाट प्रदर्शनमा आउने फिल्मको बुकिङ नेपालमा सोमबार नै खुलेको यो पहिलो हुनसक्छ ।

प्राय बुधबार बुकिङ खोलिने भएता पनि विशेष फिल्मको मंगलबार नै खोल्ने गरिन्छ । हल संचालकहरु दर्शक माँझ प्रतिक्षित रहेको फिल्महरु प्राय छिटै बुकिङ खोलिने बताउँछन् । आरआरआरको टिकेट बुकिङमा टिकेटनै खरिद गर्नु पर्ने हुन्छ ।

टिकेट नै खरिद गर्नु पर्ने अवस्थामा पनि मल्टिप्लेक्सहरुमा शोहरु शुक्रबार अगाडी नै सोल्ड आउट हुने सम्भावना बढेको छ । पछिल्लो समय साउथ इन्डियन दर्शक बढिरहेको समयमा नेपाली दर्शकलाई साउथ इन्डियन फिल्मको लत लगाउने निर्देशक राजमौलीकै फिल्म ’आरआरआर’ रिलिज हुने भएकोले पनि नेपालमा यसको क्रेज बढेको हो ।

थ्री डी प्रविधिमा रिलिज हुने फिल्मले क्युएफएक्स अन्तर्गतका उपत्यका तथा मोफसलका हलहरुमा ४७ शो पाएको छ । यस्तै , क्युएफएक्स अन्तर्गतकै टू डी प्रविधिमा यसले १८ शो पाएको छ । राजधानीमा रहेको अन्य मल्टिप्लेक्सहरुमा कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मुभिजले न्युज तयार पार्दासम्म शो पब्लिस गरेको छैन भने, दरबारमार्ग स्थित राइजिङ मलमा रहेको क्युज सिनेमाजमा ६ शो, गोंगबुमा रहेको बिएसआर मुभिजमा ५ शो, सुन्धारास्थित सिटिसी मलमा रहेको सिने डी सेफमा ७ शो, बानेश्वरस्थित आइप्लेक्समा रहेको वान सिनेमाजमा ७ शो, आइएनआइ सिनेमा अन्तर्गत लोत्सेमलमा ८ शो र चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युबमा १० शो रहेको छ ।

नेपालमा फिल्म वितरणको अधिकार खरिद गरेको वितरण कम्पनि ए एट (ब्ड) फिल्म्सले अहिलेसम्मकै महँगो रकममा ल्याइएको कम्पनिका वितरण प्रमुख नविन शाक्यले बताए । यद्दपी उनले रकम खुलाउन चाहेनन् । ’फिल्मको लम्बाई ३ घण्टा रहेकाले पनि केहि शो घटेका छन् । यद्दपी आउँदो शुक्रबारसम्म शो बढ्ने छ किनकी सम्पूर्ण हलले फुल शो पब्लिस गरेका छैनन् ’ नविनले भने ।

लागत ४ सय करोड बढी भएको कारण पनि आरआरआर चर्चामा छ । निर्देशक राजामौलीले ‘बाहुबली’ सिरिज पश्चात निर्देशन गरेको मात्र नभई साउथका दुई स्टार जुनिएर एन्टीआर र राम चरणको अभिनय रहेकाले पनि यो प्रतिक्षित छ । यसमा बलिउडका कलाकारहरु अजय देवगन र आलिया भट्ट पनि छिन् । यसैले गर्दा यो प्रतिक्षित फिल्म बिग बजेटको फिल्म बनेको छ । बाहुबालीपछि दर्शक माँझ आउन लागेका निर्देशक राजमौलीबाट धेरै अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  १२ : ३९ बजे

सरकारसँग सुस्मिताको गुहार : मेरो नागरिकता फिर्ता दिएर गरिखान देऊ

उर्लाबारी, मोरङ – ‘मेरो आफ्नै सक्कली नागरिकता हातमा भइदिएको भए

सरकार र लघुवित्त पीडितबीच सातबुँदे सहमति, काठमाडौं केन्द्रित आन्दोलन स्थगित

काठमाडौं– सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन

तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवाहरूलाई आग्रह

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तथ्य र तर्कमा आधारित राजनीतिक धारणा

अनलाइन जुवा, क्रिप्टो र अश्लिल सामग्रीका वेबसाइट र एप बन्द गर्न प्राधिकरणको निर्देशन

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा कानूनले निषेध गरेका अनलाइन जुवा,

हमास प्रमुख इजिप्टमा कूटनीतिक भेटघाटमा व्यस्त

काएरो- प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलले अस्वीकार गरिसकेको अमेरिकाद्वारा प्रस्तावित