पल शाहविरुद्ध तनहुँ अदालतमा मुद्दा दर्ता « Khabarhub

पल शाहविरुद्ध तनहुँ अदालतमा मुद्दा दर्ता



काठमाडौँ- अभिनेता पल शाहविरुद्ध आज तनहुँ जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको छ । नाबालिग गायिकाको तर्फबाट परेको जाहेरीका आधारमा शाहमाथि दोस्रो मुद्दा अदालतमा पुर्‍याइएको हो ।

गत फागुन १५ गतेदेखि नाबालिकामाथि जबरजस्ती करणीको अभियोग जिल्ला प्रहरी कार्यालय, तनहुँको न्यायिक हिरासतमा रहेका अभिनेता पल शाहविरुद्धको मुद्दामा अनुसन्धान सकेर प्रहरीले रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय तनहुँमा आइतबारनै बुझाएको थियो ।

प्रहरीले अनुसन्धान थालेको २१ दिन पछि अनुसन्धान सकेर प्रतिवेदन बुझाएको हो । शाहविरुद्ध अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले पहिलोपटक सात दिन, दोस्रो पटक १२ दिन र तेस्रोपटक पाँच दिनको म्याद थपिएको थियो। जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले पनि शाहमाथि गरेको अनुसन्धान सकेर अदालतमा मुद्दा दायर गरिसकेको छ ।

तनहुँ जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा अभियोग पत्र दर्ता गरेको छ । दर्ता गरिएको अभियोग पत्रमा बलात्कारको घटना हुँदा पीडितको उमेर १६ वर्षभन्दा कम भएकाले कानून अनुसार १२ देखि १४ वर्षको जेल सजाय माग गरिएको छ । यस्तै, शाहका सहयोगी कृष्ण जोशीलाई पल शाहको भन्दा आधा जेल सजायको माग अभियोग पत्रमा गरिएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  २ : ३६ बजे

पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै

कास्की– कास्कीको पोखरा महानगरपालिकाले आज ६७औँ स्थापना दिवस मनाउँदै छ

कोपा डेल रे : बार्सिलोनाको सहज जित

काठमाडौं – स्पेनिस कप प्रतियोगिता कोपा डेल रेमा बार्सिलोनाले सहज

एमालेमा नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान, ८० वटा भोटिङ मेसिन तयार

काठमाडौं – नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका

२०८२ साल अनुरूप नै २०८३ को पञ्चाङ्ग पात्रो प्रकाशन हुने

काठमाडौं – विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै

निर्वाचन ७८ दिन बाँकीः १० वटा मात्रै झण्डा प्रयोग पाउने, कस्तो बन्यो आचारसंहिता ?

काठमाडौं – निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग