‘मुलुकलाई निकास दिनका लागि वाम एकताको खाँचो’ « Khabarhub

‘मुलुकलाई निकास दिनका लागि वाम एकताको खाँचो’


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका नेता घनश्याम भुसालले मुलुकलाई निकास दिनका लागि वाम एकताको खाँचो रहेको र यसको नेतृत्व एमालेले गर्नुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौँमा सञ्चारकर्मीसँग कुरा गर्दै भुसालले वाम एकता स्थिरतासँग सम्बन्धित रहेकाले पार्टीको विभिन्न बैठकमा आफुले वाम एकताको कुरा गरेको समेत बताए। उनले यसअघि नेकपामा रहेर तीन पार्टीमा विभाजन भएको एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच वैचारिक र सैद्धान्तिक समस्या नरहेको धारणा पनि राखे।

अहिले कम्युनिष्ट आन्दोलन अप्ठेरोमा रहेकाले कम्युनिष्ट पार्टीबीच एकता हुनुपर्नेमा जोड दिएको उनको भनाइ छ । त्यस्तै उनले आगामी निर्वाचनमा तीन पार्टीले चुनावमा आफ्नो हैसियत अनुसारको नतिजा ल्याउने निश्चित रहेकाले तीन पार्टी एक भयो भने सबैभन्दा ठूलो दल बन्न सक्ने तर्क गरे।

उनले कम्युनिस्ट दल एक हुँदा केही व्यक्तिको हैसियत गुम्ने भएकाले यसको विरोध गरिएको पनि बताए।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  २ : ५१ बजे

वर्षा रोकिएसँगै बेनी–दरवाङ सडक मर्मत थालियो

म्याग्दी– पछिल्लो झरिका कारण प्रभावित बनेको म्याग्दीको पश्चिमी क्षेत्रका तीन

एसियाड क्वाटरफाइनल : श्रीलंकाविरुद्ध ऐतिहासिक जितको खोजीमा नेपाल

काठमाडौँ – एसियाली खेलकुद (एसियन गेम्स) क्रिकेटअन्तर्गत समूह ‘ए’ को

पहिरोले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडी– बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध

कालीगण्डकीमा जलसतह कम भएसँगै विद्युत् उत्पादन सुरु गर्ने तयारी

स्याङ्जा– कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला– निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ