अदुवाले मूल्य नपाएपछि किसान चिन्तित « Khabarhub

अदुवाले मूल्य नपाएपछि किसान चिन्तित


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- जिल्लाको घिरिङ गाउँपालिका–२ चिन्नेखोला निवासी दुल बहादुर थापा शारीरिकरुपले कमजोर छन् । जन्मिएपछि करिब पाँच/छ वर्षको उमेरदेखि उनको हात खुट्टा राम्रोसँग चल्न सक्दैनन् ।

शारीरिक अपाङ्गता भए पनि सपाङ्गभन्दा कमी हुनु हुँदैन भन्ने आत्मबलका साथ गत वर्षदेखि अदुवाखेतीमा थापा क्रियाशील छन् । गण्डकी प्रदेशको आर्थिक सहयोगमा अपाङ्गता भएका व्यक्तिको लागि अधिकार विकासको लागि स्रोत केन्द्र (रिसेड) मार्फत रु पाँच हजार अनुदान पाएपछि थापाले अदुवाखेती गरेका हुन् ।

करिब चार रोपनी क्षेत्रफलमा अदुवा लगाउँदा झण्डै ४०० क्विन्टल अदुवा उत्पादन भएको किसान थापा बताउँछन् । वैशाखमा करिब ३०० किलोग्राम बीउ अदुवा लगाएर पुसमा खन्दा उक्त परिमाणमा अदुवा उत्पादन भएको उनले बताए । दुई महिना अदुवा खन्नैमा बितेको उनको भनाइ छ । “तर अदुवा अत्यन्तै न्यून मूल्यमा बिक्री गर्नुपर्ने अवस्था आएपछि चिन्ता थपिएको छ ।” अदुवा उत्पादन भए अनुरुप बजार मूल्य भैदिएको भए राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ ।

अदुवा प्रतिकिलो रु तीसमा बिक्री गर्नुपर्ने बाध्यता आएपछि त्यस क्षेत्रका करिब १५ घरका अदुवा किसान मर्कामा परेका छन् । सस्तो मूल्यमा बिक्री गर्नुपर्ने अवस्था आएपछि त्यस क्षेत्रका किसान यतिबेला सुठो बनाउन व्यस्त छन् । थापाले उक्त गाउँमा अदुवाखेती गर्न थालेपछि सो क्षेत्रका अन्य मानिस पनि सो खेतीतर्फ आकर्षित भएका थिए । त्यस क्षेत्रका करिब १५ घरधुरी कम्तीमा ३०० देखि ९०० किलोग्रामसम्म अदुवा उत्पादन गर्दै आएका छन् ।

सुठो बनाइएपछि लामो समयसम्म नबिग्रने र मूल्य राम्रै पाउने भएपछि उनीहरु अदुवा बिक्री गर्नुको साटो सुठो बनाउन व्यस्त हुन्छन् । सोही वडा निवासी नन्दवीर थापाले करिब दुई रोपनीमा अदुवा लगाउँदा झण्डै ९०० किलोग्राम अदुवा उत्पादन भए पनि बिक्री गर्न नसक्दा चिन्तित भएको दुखेसो पोखे।

सुठो बनाउने आफ्नै तरिका छ । तलबाट काँचो दाउरा सल्काएर धुँवाको ताप दिएर अदुवालाई सुकाइन्छ । कम्तीमा एक हप्तासम्म निरन्तर अदुवालाई फर्काइफर्काइ सुकाइन्छ । यसरी सुकाइएको अदुवा हातले मुठी पार्दा डल्लो भयो भने सुठोको लागि लायक हुने किसान बताउँछन् ।

यसरी बनाइएको सुठोको मूल्य प्रतिकिलो रु ३०० सम्म पर्छ । एक वर्ष अदुवा लगाएको क्षेत्रमा अर्को वर्ष पनि अदुवा लगाउन नहुने अर्का किसान लालसिं राना बताउँछन् । एउटै जग्गामा लगातार अदुवाखेती गरिए किराको प्रकोप बढ्ने र उत्पादन नराम्रो हुने भएकाले एक वर्षको फरकमा अदुवाखेती गर्दा उत्तम हुने उनी बताउँछन् ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ३ : १० बजे

रसुवा बाढी : मृतकको संख्या ६२६ पुग्यो

काठमाडौं – रसुवा बाढीमा परी ज्यान गुमाउनेको संख्या ६२६ पुगेको छ। नेपाल

बाढीपीडितका लागि त्रिवि र पोखरा विश्वविद्यालयका कर्मचारीको तलबबाट सहयोग

काठमाडौं – प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि त्रिभुवन

दर कार्यक्रमका लागि जुटाइएको रकम बाढी पीडितलाई सहयोग

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिकाका छन्त्याल महिलाहरूले तीज पर्वको अवसरमा दरखाने

डीएनए विश्लेषणदेखि शव व्यवस्थापनमा विदेशी सहयोग माग्दै सरकार

काठमाडौं- सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारले मित्रराष्ट्रहरूसँग

बाढीपीडितलाई एक्सपर्ट फाउन्डेशनको २० लाख सहयोग

काठमाडौं- रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार,