सेयर बजार दोहोरो अङ्कले वृद्धि, साढे २ अर्बको सेयर कारोबार « Khabarhub

सेयर बजार दोहोरो अङ्कले वृद्धि, साढे २ अर्बको सेयर कारोबार


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली सेयर बजार नेप्से मंगलबार दोहोरो अङ्कले वृद्धि भएको छ । नेप्से परिसूचक मंगलबार १६ दशमलव ०४ अङ्कले वृद्धि हुँदा २६ सय ५० दशमलव ७० अङ्कमा पुगेको छ  ।

नेप्सेको सेन्सेटिभ इन्डेक्स ३ दशमलव ०३ अङ्कले बढेर ४ सय ९९ दशमलव ३३ पुगेको छ ।  नेप्सेमा  ५३ लाख २९ हजारमा नौ सय ९३ कित्ता सेयर किनबेच हुँदा कारोबार हुँदा दुई अर्ब ५१ करोड ८८ लाख ९४ हजार एक सय ७८ रुपयाँको सेयर कारोबार भएको छ ।

 इमर्जिङ् नेपाल लिमिटेड को सेयर १० प्रतिशतले ५७ रुपैयाँ १० पैसा  बढेर बजारमा मूल्यमा सर्किट लागेको थियो । इमर्जिङ्  नेपाल लिमिटेडको सर्किट मूल्य सँगै सेयर मूल्य ६ सय २८ रुपैयाँ पुगेको छ ।  मंगलबारको बजारमा एक सय ६ कम्पनीले नाफा कमाएका छन् भने ७७ कम्पनीका सेयर धनीले गुमाएका छन् । 

सबैभन्दा धेरै प्रभु इन्स्योरेन्स कम्पनी को प्रमोटर सेयर १५ करोड ३३ लाख ४० हजार रुपैयाँ सेयर खरिद बिक्री भएको छ भने नेपाल टेलिकम १० करोड र शिवम् सिमेन्टको आठ करोड बराबरको सेयर खरिद बिक्री भएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ३ : ४५ बजे

एमाले महाधिवेशन : विद्युतीय मेसिनमा सुस्त मतदान, दुई हजार मत खस्यो

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान जारी छ

निर्वाचन ७७ दिन बाँकीः नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

आज २०८२ साल पुस ३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार