गोरखा सहकारीका अध्यक्षसहित ४ जना समातिए, पौने ४ अर्ब बचत हिनामिना आरोप « Khabarhub

गोरखा सहकारीका अध्यक्षसहित ४ जना समातिए, पौने ४ अर्ब बचत हिनामिना आरोप


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ललितपुरको ताल्छिखेलस्थित गोरखा सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका अध्यक्ष मानसिंह राईसहित ४ जना सञ्चालक पक्राउ परेका छन् ।

समस्याग्रस्त घोषित उक्त सहकारीका तत्कालीन अध्यक्ष राईसहित चारजना सञ्चालकलाई बचत अपचलन गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीले बताए ।

तीन हजार १०० भन्दा बढी बचतकर्ताको करिब ४ अर्ब रुपैयाँ अपचलन गरेको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको बोगटीले जानकारी दिए ।

पक्राउ पर्नेमा सहकारीका अध्यक्ष मानसिंह राई, प्रमुख कार्यकारी अधिकृत लालबहादुर क्षेत्री, सञ्चालकहरू कर्णबहादुर राई र अनलिकुमार राई छन् ।

गोरखा सेभिङ एण्ड क्रेडिट को-अपरेटिभका तीन हजार १०२ जना बचतकर्ताको तीन अर्ब ८९ करोड ७२ लाख ६७ हजारभन्दा बढी रकम अपचलन भएको भन्दै जाहेरी आएको बोगटीले बताए ।

यसअघि नै सरकारले यस सहकारीलाई समस्याग्रस्त घोषणा गरी सम्पत्ति तथा दायित्त्व फर्स्यौटका लागि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइसकेको छ।

यस सहकारीलाई २०८१ असार ६ गते समस्याग्रस्त घोषणा गरिएको थियो । समितिमा २५ सय ९४ मा बचकर्ताले तीन अर्ब २३ करोड ४८ लाख ४५ हजार रुपैयाँ मागदाबीसहित उजुरी दिएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ५ : ०० बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।