पुटिनसँग सम्झौता गर्न जेलेन्स्की तयार, जनमत संग्रह हुनुपर्ने भनाइ « Khabarhub

पुटिनसँग सम्झौता गर्न जेलेन्स्की तयार, जनमत संग्रह हुनुपर्ने भनाइ


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि सम्झौता गर्न आफू तयार रहेको बताउँदै रुसी समकक्षी भ्लादिमिर पुटिनसँग द्विपक्षीय वार्ताका लागि पुनः आह्वान गरेका छन् ।

उनले मुलुकको पूर्वमा रहेका भूभागका विषयमा बहस गर्न सकिने बताउँदै रुसी सेना फिर्ता भएको खण्डमा युक्रेन नेटोमा सहभागी नहुने प्रतिबद्धता जनाउन समेत तयार रहेको बताए ।

‘रुसका राष्ट्रपतिसँगको पहिलो वार्तामै म यी विषय उठाउन तयार छु ।’ युक्रेनी टेलिभिजन च्यानलमा अन्तरवार्ता दिँदै उनले भने । ‘यो सबैले सम्झौता गर्ने विषय हो : पश्चिमा मुलुकहरुका लागि जसलाई नेटोका विषयमा हाम्रा लागि के गर्ने भन्ने नै थाहा छैन, यक्रेनका लागि जो सुरक्षा ग्यारेन्टी चाहन्छ र रुसका लागि जो नेटोको विस्तार चाहँदैन ।’ उनले भने ।

त्यस्तै, उनले पुटिनसँग युद्ध अन्त्यका लागि जस्तोसुकै प्रारुपमा पनि आफू वार्ता गर्न तयार रहेको बताए । यद्यपि वार्तामा भएका छलफल जनमत संग्रहबाट पारित हुनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ३ : ३९ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको