अर्थतन्त्रलाई सन्तुलित र व्यापार घाटा कम गर्ने गरी नीति बनाउन प्रधानमन्त्री निर्देशन « Khabarhub

अर्थतन्त्रलाई सन्तुलित र व्यापार घाटा कम गर्ने गरी नीति बनाउन प्रधानमन्त्री निर्देशन


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक अवस्थालाई सन्तुलनमा राख्दै व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रमअघि बढाउन निर्देशन दिएका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटामार भएको उद्योग, वाणिञ्य तथा आपूर्ति मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री देउवाले व्यापार घाटा घटाउने गरी कार्यक्रम बनाउन निर्देशन दिएका हुन् ।

‘हाम्रो व्यापार घाटा चिन्ताजनक अवस्थामा देखिएको छ, अब तपाईंहरुले व्यापार घाटा घटाउने गरी नीति तथा कार्यक्रम तय गरेर अघि बढ्नुहास्’ प्रधानमन्त्रीले बैठकमा भने ।

प्रधानमन्त्री देउवाले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउँदै सम्भावना भएका क्षेत्रमा लगानी बढाउने गरी अघि बढ्न पनि निर्देशन दिए । उनले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने गरी मन्त्रालय र सरकारका कार्यालयहरूलाई नीति तय गर्न पनि निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाले व्यापार घाटा घटाउन विद्युत्को खपत बढाउनुपर्ने भन्दै विद्युतीय सवारी साधान, विद्युतीय चुलोलगायतको प्रयोग बढाउन पनि आग्रह गरे ।

‘हाम्रो प्रचुर सम्भावना रहेको क्षेत्र जलस्रोत हो’, प्रधानमन्त्रीले भने, ‘अब हामीले पेट्रोलियम पदार्थ खरिदमा जाने ठूलो रकम कम गर्न पनि विद्युतीय सवारीसाधान प्रयोग गर्ने र विद्युतको खपत बढाउनु पर्छ ।’

उक्त समीक्षा कार्यक्रममा वाणिञ्य मन्त्रालयका साथै राष्ट्रिय याजना आयोग, अर्थ मन्त्रालय, सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालय लगायतका प्रतिनिधिहरू पनि सहभागी थिए ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ४ : ३५ बजे

वर्षा रोकिएसँगै बेनी–दरवाङ सडक मर्मत थालियो

म्याग्दी– पछिल्लो झरिका कारण प्रभावित बनेको म्याग्दीको पश्चिमी क्षेत्रका तीन

एसियाड क्वाटरफाइनल : श्रीलंकाविरुद्ध ऐतिहासिक जितको खोजीमा नेपाल

काठमाडौँ – एसियाली खेलकुद (एसियन गेम्स) क्रिकेटअन्तर्गत समूह ‘ए’ को

पहिरोले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडी– बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध

कालीगण्डकीमा जलसतह कम भएसँगै विद्युत् उत्पादन सुरु गर्ने तयारी

स्याङ्जा– कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला– निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ