एउटै फिल्ममा सलमान र शाहरुख ? « Khabarhub

एउटै फिल्ममा सलमान र शाहरुख ?


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– बलिउडमा दुई खान शाहरुख र सलमानको चर्चा निकै हुने गर्छ । जब यी दुई कुनै इभेन्टका लागि सँगै हुन्छन्, परिचर्चा नै सुरु हुन्छ ।

पछिल्लो समय सलमानले शाहरुखलाई सहयोग गरिरहेका छन् । कुनै समयमा कट्रिना कैफको जन्मोत्सव मनाउने क्रममा दुश्मनी साधेका यिनले पछिल्लो समय स्ट्रगल समयको मित्रतालाई अपनाइसकेका छन् ।

यी दुईले ‘करण अर्जुन’ र हम तुम्हारे है सनम जस्ता फिल्ममा सँगै काम गरेका थिए । सन् २००२ मा सँगै देखिएको सलमान र शाहरुखको जोडीलाई दर्शकले देख्न नपाएको झन्डै दुई दशक भइसकेको छ ।

केही समय अगाडि सलमानको नजिकका निर्देशक अलि अब्बास जफरले अन्तर्वार्ताका क्रममा यी दुई स्क्रिन शेयर गर्न तयार रहेको बताएका थिए ।

उनले स्क्रिप्ट भए सलमान र शाहरुखले अभिनय गर्ने बताएका थिए । सलमान र शाहरुखलाई एकअर्काको फिल्ममा सँगै लिएर आउँदैछ, यशराज फिल्मस् ।

सलमानले पठान र शाहरुखले टाइगर ३ मा केमियो गरेका छन् । यी दुई नै यशराज फिल्मस्को ’स्पाइ युनिभर्स’ को सदस्य भएपछि आउँदा दिनहरूमा राम्रो स्क्रिन टाइम लिएर अभिनय गर्ने सम्भावना भने बढेको छ ।

दुवैको स्टारडमलाई सुहाउने स्क्रिप्ट र स्क्रिन टाइम भएमा यशराजले नै सँगै ल्याउने सम्भावना बढेको हो ।

सलमान र शाहरुखले पछिल्लो समय ट्युबलाइट, जिरो जस्ता फिल्ममा केमियो गरेका छन् । पठान र टाइगर ३ मा यी दुईको एक्सन अवतारको केमियोको पर्खाइमा दर्शक छन् ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ५ : १७ बजे

सरकारसँग सुस्मिताको गुहार : मेरो नागरिकता फिर्ता दिएर गरिखान देऊ

उर्लाबारी, मोरङ – ‘मेरो आफ्नै सक्कली नागरिकता हातमा भइदिएको भए

सरकार र लघुवित्त पीडितबीच सातबुँदे सहमति, काठमाडौं केन्द्रित आन्दोलन स्थगित

काठमाडौं– सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन

तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवाहरूलाई आग्रह

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तथ्य र तर्कमा आधारित राजनीतिक धारणा

अनलाइन जुवा, क्रिप्टो र अश्लिल सामग्रीका वेबसाइट र एप बन्द गर्न प्राधिकरणको निर्देशन

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा कानूनले निषेध गरेका अनलाइन जुवा,

हमास प्रमुख इजिप्टमा कूटनीतिक भेटघाटमा व्यस्त

काएरो- प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलले अस्वीकार गरिसकेको अमेरिकाद्वारा प्रस्तावित