दशक खेलाडी अवार्डबाट पारस खड्का सम्मानित « Khabarhub

दशक खेलाडी अवार्डबाट पारस खड्का सम्मानित


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७७’ को दशक खेलाडी अवार्डबाट सम्मानित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरेको भब्य कार्यक्रमबीच पारसलाई पुरुषतर्फ दशक खेलाडी अवार्ड प्रदान गरेको हो । अवार्डसँगै पारसले पल्सर मोटरसाइकल प्राप्त गरे । त्यस्तै नेपाली महिला फुटबल खेलाडी सावित्रा भण्डारी दशक खेलाडी अवार्डबाट सम्मानित भएकी छन् । त्यस्तै नेपाली पुरुष फुटबल टिमले एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड अन्तर्गत टिम अफ द इयरको अवार्ड जितेको छ ।

अवार्ड अन्तर्गत स्वर्गीय शरद चन्द्र शाहलाई दशक अवार्डको अवसरमा लाइफ टाइम एचिभमेन्ट अर्थात गोल्डेन सेल्युट अवार्ड प्रदान गरेको छ । त्यस्तै क्रिकेट प्रशिक्षक जगत टमटाले दशक उत्कृट प्रशिक्षक २०७७ अवार्डको अवार्ड जितेका छन् ।

त्यस्तै ‘पर्फमर अफ दि इयर’ बाट एथ्लेटिक्स खेलाडी पुष्पा भण्डारी सम्मानित भएकी छिन् । पिपल्स च्वाइस विधाको अवार्ड टेवल टेनिस खेलाडी एलिना महर्जनले जितेकी छिन् । पारा एथलिट अनरबाट सरिता थुलुङ्गबाट सम्मानित भइन् भने स्वास्थ्य नायकको रुपमा अजय राणा सम्मानित भएका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ७ : ४३ बजे

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार