दशक खेलाडी अवार्डबाट पारस खड्का सम्मानित « Khabarhub

दशक खेलाडी अवार्डबाट पारस खड्का सम्मानित


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७७’ को दशक खेलाडी अवार्डबाट सम्मानित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरेको भब्य कार्यक्रमबीच पारसलाई पुरुषतर्फ दशक खेलाडी अवार्ड प्रदान गरेको हो । अवार्डसँगै पारसले पल्सर मोटरसाइकल प्राप्त गरे । त्यस्तै नेपाली महिला फुटबल खेलाडी सावित्रा भण्डारी दशक खेलाडी अवार्डबाट सम्मानित भएकी छन् । त्यस्तै नेपाली पुरुष फुटबल टिमले एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड अन्तर्गत टिम अफ द इयरको अवार्ड जितेको छ ।

अवार्ड अन्तर्गत स्वर्गीय शरद चन्द्र शाहलाई दशक अवार्डको अवसरमा लाइफ टाइम एचिभमेन्ट अर्थात गोल्डेन सेल्युट अवार्ड प्रदान गरेको छ । त्यस्तै क्रिकेट प्रशिक्षक जगत टमटाले दशक उत्कृट प्रशिक्षक २०७७ अवार्डको अवार्ड जितेका छन् ।

त्यस्तै ‘पर्फमर अफ दि इयर’ बाट एथ्लेटिक्स खेलाडी पुष्पा भण्डारी सम्मानित भएकी छिन् । पिपल्स च्वाइस विधाको अवार्ड टेवल टेनिस खेलाडी एलिना महर्जनले जितेकी छिन् । पारा एथलिट अनरबाट सरिता थुलुङ्गबाट सम्मानित भइन् भने स्वास्थ्य नायकको रुपमा अजय राणा सम्मानित भएका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ७ : ४३ बजे

वर्षा रोकिएसँगै बेनी–दरवाङ सडक मर्मत थालियो

म्याग्दी– पछिल्लो झरिका कारण प्रभावित बनेको म्याग्दीको पश्चिमी क्षेत्रका तीन

एसियाड क्वाटरफाइनल : श्रीलंकाविरुद्ध ऐतिहासिक जितको खोजीमा नेपाल

काठमाडौँ – एसियाली खेलकुद (एसियन गेम्स) क्रिकेटअन्तर्गत समूह ‘ए’ को

पहिरोले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडी– बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध

कालीगण्डकीमा जलसतह कम भएसँगै विद्युत् उत्पादन सुरु गर्ने तयारी

स्याङ्जा– कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला– निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ