‘हावा कुरा गर्ने नेता र ताली बजाउने जनता भएपछि देश यस्तै हुन्छ’ « Khabarhub

‘हावा कुरा गर्ने नेता र ताली बजाउने जनता भएपछि देश यस्तै हुन्छ’



हामीले समस्यालाई मात्र हेर्‍यौ । भुक्तानी सन्तुलन घट्यो भनिरहेका छौँ । २०७४ सालको निर्वाचन पछाडि कम्युनिस्ट पार्टीको दुई तिहाइ बहुमतको सरकार बन्यो । यसपछाडि नेपालको व्यापारिक समुदायले लगानी गर्ने विश्वास गुमायो । किनभने नेपालको व्यापारिक समुदायमाथि अख्तियार दुरुपयोग अनुसन्धानले छानबिन गर्न पाउने विधेयक मस्यौदा तयार भयो । अब कसले लगानी गर्ने ? के आफै अख्तियारमा बाँधिन लगानी गर्ने ? यसपछि लगानी घट्दै गयो ।

हामीले उत्पादन भएन आयात मात्रै भयो भन्छौँ । तर उत्पादन नहुनुको कारण लगानी भएन । उत्पादन किन भएन भने व्यावसायिक समुदायले आफ्नो निर्धकता गुमाउँदै गयो । त्यसैले यसको समस्या यहाँबाट हेर्नुपर्छ । दुई वर्ष कोभिड थियो । कोभिडको कारणले गर्दा खपत भएन । मुख्य आयात हुन्छ तर हामीले दुई वटा दसैँ नै मनाएनौँ । पेट्रोलियम उत्पादनको आयात भएन । किनभने सवारी साधन सबै बन्द भयो। दुई वटा कोभिडको कारणले गर्दा यो समस्या अहिले आएको हो । कोभिड नभएको भए त्यति बेला नै आउँथ्यो ।

अहिले जुन आयात भइरहेको छ । हाम्रो करिब तीन करोड जनसंख्यामा एक करोड बाहिर नै छ । बाँकी दुई करोड जनसंख्याले सबै खपत गर्छ र ? कृषिको विवरण हेर्दा प्रधानमन्त्री रोजगार भनिएको छ । तर आयात बढेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमले सिर्जना गरेको रोजगारले उत्पादनमा सहयोग गरेन ? हाम्रो उत्पादन र प्रतिव्यक्ति खपत मिल्दैन । त्यसैले आयात भइरहेको छ । तर निर्यातको सहयताबाट पुँजी उडान भइरहेको छ । धान आएकोमा धानको बिल बिचक मात्र आएको छ । साँच्चिकै धान आएको छ कि छैन ? तरकारीको बिल बिचक मात्र आएको हो कि ? साँच्चिकै त्यही परिणाममा तरकारी आएको छ ? यो जुन भ्रष्टाचारको पैसा अथवा व्यावसायिक समुदायले विश्वास गुमाएको पैसाले एलसी खोलिएर बिल बिचकमा आयो । तर त्यो पैसाको वास्तवमा सामान आएको छैन । यो समस्या नीति निर्माताले हेर्नुपर्छ ।

अर्को कुरा त्यतिखेर काठमाडौँमा मनोरेल कुदाउने कुरा थियो । विद्युतीय उत्पादनलाई वृद्धि गर्ने र भुक्तानी सन्तुलनलाई सहयोग गर्ने नीति थियो । अहिले पनि हाम्रो मुख्य समस्या के हो भने पेट्रोलियम उत्पादन दोब्बर वृद्धि हुँदा दोब्बर आयात भयो । यसले गर्दा हामीले घरघरमा ‘इन्डक्सन’ चुलो पुर्‍याउन सकेनौँ । ग्याँसमा प्रतिसिलिन्डर ६२५ रुपैयाँ अनुदान दिइरहेको छौँ ।

विद्युतीयबाट खान बनाउन अनुदान दिएका छैनौँ । उताबाट पेट्रोल डिजेल गाडीले सामान लिएर आउँछ अनि नेपालको सिमानामा भएको पेट्रोल डिजेल भरेर लैजान्छ । यो उत्पादनको आयतमा यस्तो भइरहेको छ । अनुदान दिए पनि दिऊँ । तर हामीले पेट्रोलमा दिएको ठूलो अनुदान रकम त्यतातिर गइरहेको छ । हामी सामान आयात गर्ने र पेट्रोल डिजेल निर्यात गर्ने जस्तो भएको छ । त्यसकारण त्यतातिर सोच्नुपर्छ।

हामी समस्या आइसकेपछि मात्र छलफल गर्छौँ । समस्या आउनुभन्दा अगाडि ख्यालै गर्दैनौँ । कोभिडको कारणले आयात कम भएर भुक्तानी सन्तुलन बढेको हो भन्ने ज्ञान पनि भएन । हाम्रो नेतृत्व दुरदर्शी छैन । कोभिड भएर मान्छेहरू विदेश गएनन् । सरकारले प्रधानमन्त्री स्वरोजगार, कृषि आधुनिकरण ल्याएर रोजगारी वृद्धि भयो र विदेश जाने संख्या कम भयो भनेर प्रतिवेदन तयार गरेको छ ।

अनि त्यसैमा हामीले ताली बजाएका छौ । एउटा राजनीतिक नेतृत्व भएपछि यसबाट दीर्घकालीन असर के हुन्छ ? यसले रेमिट्यन्स के असर गर्छ ? हाम्रो वास्तविक उत्पादनमा यो पैसा खर्च भएको छ कि छैन भन्ने बुझ्नुपर्छ । तर यस्तो हावादारी कुरा गर्ने नेतृत्व र ताली बजाउने जनता भएपछि देश हुने नै यस्तो हो ।

(खबरहबद्वारा आयोजित ‘अहिलेको आर्थिक संकट र समाधानको उपाय’ विषयक अन्तर्क्रिया कार्यक्रममा विश्लेषक प्रकाश दुलालले राखेको धारणाको सम्पादित अंश)

[प्रस्तुति : पासाङ लामा ह्योल्मो]

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ७ : ५१ बजे

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

राँझा–  बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने