उपकार लघुवित्तको आईपीओ बाँडफाँड, २२ हजार ११५ आवेदकले पाए १० कित्ता « Khabarhub

उपकार लघुवित्तको आईपीओ बाँडफाँड, २२ हजार ११५ आवेदकले पाए १० कित्ता


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड गरिएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको कार्यालयमा आज शेयर बाँडफाँड गरिएको हो ।

कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु दुई करोड ३६ लाख २५ हजार मूल्य बराबरको दुई लाख ३६ हजार २५० कित्ता आईपीओ बिक्री खुला गरेको थियो । बिक्री प्रबन्धकका अनुसार साधारण शेयरमा कूल २३ लाख ५१ हजार ४२६ जनाले आवेदन दिएकामा दुई हजार ४०६ जनाको आवेदन रद्द भई बाँकी २३ लाख ४९ हजार ५६ योग्य आवेदकमध्ये २२ हजार ११५ आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत शेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धकले जनाएको छ । बाँडफाँडमा बाँकी छ कित्ता शेयर १० कित्ताभन्दा धेरै आवेदन दिनेलाई थप एकएक कित्ताका दरले छ जनालाई बाँडिएको छ ।

कम्पनीले निष्काशन गरेको साधारण शेयरमा जारी पूँजीको शुन्ना दशमलव पाँच प्रतिशत अर्थात् तीन हजार २८१ कित्ता शेयर कर्मचारीलाई र निष्काशित शेयरको पाँच प्रतिशत अर्थात् ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी दुई लाख २१ हजार १५६ कित्ता शेयर खरिदका लागि सर्वसाधारणले गत चैत २५ गते देखि ३० सम्म आवेदन दिएका थिए ।

बाँटफाँडको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइट मेरो शेयरमार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  १२ : ०७ बजे

न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु

तनहुँमा एकैदिन नौ फरार प्रतिवादी पक्राउ

तनहुँ – जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको

अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले

काठमाडौं- नेकपा (एमाले)ले प्रधानमन्त्रीसँगको भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले

भारतीय नागरिकलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही – नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका

कविशिरोमणि पौड्यालको १४२औँ जन्मजयन्ती मनाइँदै

गण्डकी – कविशिरोमणि लेखनाथ पौड्यालको १४२औँ जन्मजयन्ती अन्तर्गतका त्रिदिवसीय कार्यक्रम