एमालेमा सबै खराब छैनन्, राम्रा कम्युनिस्ट पनि छन् : अध्यक्ष प्रचण्ड « Khabarhub

एमालेमा सबै खराब छैनन्, राम्रा कम्युनिस्ट पनि छन् : अध्यक्ष प्रचण्ड


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले पार्टीभित्र पनि केही राम्रा कम्युनिस्ट रहेको बताएका छन् ।

पेरिसडाँडामा आयोजित नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले भन्दैमा सबै खराब नभएको बताए ।

‘नेकपा एमालेका कमरेडलाई म स्मरण गर्न चाहन्छु । एमालेका नेता/कार्यकर्ताले विश्वास र भरोस गरेका थिए । एमाले भन्दैमा सबै खराब छैनन् । त्यहाँ पनि राम्रा कम्युनिस्ट छन्,’ अध्यक्ष प्रचण्डले भने ।

एमालेको नेतृत्वमा गलत व्यक्ति बसेका कारण धेरैलाई एमाले पार्टी नै खराब हो भन्ने परेको उनले जनाए । एमालेको नेतृत्वमा गलत व्यक्ति पर्दा त्यहाँ रहेका इमानदार कम्युनिस्टलाई फुत्किन गाह्रो भएको उनले बताए ।

‘आज पार्टी स्थापना दिवसको अवसरमा सम्पूर्ण एमाले भित्रका ती इमानदार कम्युनिस्ट जुन साँच्चै बाम गठबन्धनको पक्षमा अहिले हुनुहुन्छ, कम्युनिस्टहरूको एकता आवश्यक छ भन्ने ठान्नुहुन्छ उहाँहरूलाई गलत प्रकृतिविरुद्ध संघर्ष गर्न प्रेरणा मिलोस्,’ अध्यक्ष प्रचण्डले भने ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  १२ : १४ बजे

भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट घोषणा

भक्तपुर – भक्तपुर अस्पताल यस वर्ष पनि बागमती प्रदेशभित्रका अस्पतालमध्ये

सोह्रखुट्टेमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक युवकको मृत्यु

काठमाडौं । काठमाडौंको सोह्रखुट्टेस्थित कालधारामा सवारी दुर्घटना हुँदा एक युवकको

पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु

इस्लामावाद – अफगानिस्तानको सीमा क्षेत्रमा गत साता आत्मघाती आक्रमण गरी

सुरक्षा परिषद्‍मै लापरबाही : एकातिर हातले मिति लेखियो, अर्कातिर २०८१ मै बैठक बस्यो !

काठमाडौं- राष्ट्रिय सुरक्षा परिषद्को ४१ औं बैठकपछि वक्तव्य निकाल्ने क्रममा