सेञ्चुरी बैंकका नयाँ ३ शाखाबाट सेवा प्रारम्भ   | Khabarhub Khabarhub

 सेञ्चुरी बैंकका नयाँ ३ शाखाबाट सेवा प्रारम्भ  


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– सेन्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा बिहीबार  हिजोदेखि थप ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले छुट्टाछुट्टै कार्यक्रमहरुकाबीच उक्त शाखाहरुको समुद्घाटन गरी सेवा शुभारम्भ  गरेका थिए

बैंकले एकै दिन कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाको वडा नं. ४ को महेन्द्रनगर बजारमा महेन्द्रनगर शाखा, कैलाली जिल्लाको लम्की नगरपालिका वडा नं.लम्कीबजारमा लम्की शाखा र बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नंं. ७ को गुलरिया बजारमा गुलरिया शाखाबाट सेवा प्रारम्भ गरेको हो ।

बैंकको शाखा उद्घाटन कार्यक्रमहरुमा विभिन्न संघ संस्था एवं निकायका विशिष्ट व्यक्तिहरू, उद्यमी व्यवसायीहरू, बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख सञ्चालन अधिकृत अनिल रेग्मीलगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।   

२०७८ चैत्र मसान्तसम्ममा बैंकले रु. ९२ अर्ब ९६ करोड निक्षेप संकलन र कर्जा रु. ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।उक्त मुनाफा गत वर्षको सोही अवधिको तुलनामा १८३.५९ प्रतिशतले बढी हो । बैंक पहिलो पटक खुद मुनाफा रु. १ अर्ब कटाउन सफल भएको छ ।  

देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यका साथ बैंकले देशका विभिन्न स्थानहरूमा शाखा, शाखारहित बैंकिङ तथा एक्सटेन्सन काउण्टरहरु सञ्चालनमा ल्याई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

थप तीन शाखा सञ्चालनमा आएपछि बैंकको कुल शाखा संख्या १३३ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ र ११३ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।  

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  १२ : १८ बजे

धितोपत्र बोर्डका नाममा कसले चप्कायो घुस ?

काठमाडौं– हाइड्रो व्यवसायी एवं स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) अहिले

पोखरा स्पोर्ट्स अवार्ड : चौधरीले जितिन् उदीयमान खेलाडीको अवार्ड

पोखरा– नवौँ पोखरा स्पोर्टस् अवार्डमा वर्ष उदीयमान खेलाडी क्रिकेटकी रचना चौधरी

बारपाकमा भिसी गजे घले संग्रहालय उद्‌घाटन

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गोरखाको बारपाकमा भिसी गजे

भारत–पाकिस्तान युद्धले नेपालको बजार र भान्छामा कस्तो असर पर्ला ?

काठमाडौं– आतंकवादविरुद्ध भारतले अगाडि बढाएको ‘मिसन सिन्दुर’ पछि भारत पाकिस्तानबीचमा

‘पाकिस्तानमा रहेका नेपालीको सुरक्षाका लागि सरकार सचेत छ’

काठमाडौं– परराष्ट्र मन्त्रालयले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी र अन्य नेपालीको