सकियो ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ | Khabarhub Khabarhub

सकियो ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गोरखा जिल्लाको दुर्गम मानिने लाप्राकमा तीन दिने ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सकिएको छ । सेलिब्रेटी नेपालको आयोजनामा धार्चे गाउँपालिका –४ लाप्राकमा सोमबारदेखि सुरु भएको महोत्सव बुधबार सकिएको हो । महोत्सवमा विभिन्न भाषामा बनेका सांस्कृतिक फिल्म, वृत्तचित्र, सर्ट मुभी, फिचर फिल्मसमेत गरी १६ वटा फिल्म प्रदर्शन गरिएको आयोजक संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले बताए ।

महोत्सवमा जुरी टिमले छनोट गरेका उत्कृष्ट ९ विधामा अवार्डसमेत वितरण गरियो । जसमा भाषाभाषी विधामा प्रितम गुरुङ निर्देशित तथा आइतराम गुरुङ निर्मित गुरुङ फिल्म ‘फुङ’ लाई अवार्ड प्रदान गरियो । त्यस्तै, डकुमेन्ट्री विधामा भिमलाल श्रेष्ठ निर्देशित ‘मकै विवाह’ ले अवार्ड प्राप्त गर्यो भने सर्ट फिल्ट विधामा केदार श्रेष्ठ निर्देशित ‘जुनुको जुत्ता’ ले अवार्ड जित्यो ।

सर्वोकृष्ट अभिनेतामा ‘चिसो आत्मा’ बाट प्रविन खतिवडा र अभिनेत्रीतर्फ ‘मौन प्रतिशोध’ बाट शारदा अधिकारीले अवार्ड प्राप्त गरे । उत्कृष्ट फिचर फिल्मतर्फ शेखर लामाको निर्माण तथा देवजंग थापा निर्देशत ‘टुल्की’ ले अवार्ड प्राप्त गर्यो । ‘स्क्रिन प्ले’ तर्फ ‘टुल्की’ बाटै शेखर लामा, उत्कृष्ट निर्देशकतर्फ ‘टिष्टापारीको साईनो’ बाट खिलबहादुर गुरुङले अवार्ड प्राप्त गरे । सिन सुमेश श्रेष्ठ निर्देशित सर्ट फिल्म ‘मौन प्रतिशोध’ लाई जुरी अवार्ड प्रदान गरियो । महोत्सवमा स्थानीयसँग ग्रामीण चलचित्र सम्बन्धी अन्तरक्रिया समेत गरिएको थियो । महोत्सवका स्थानीय व्यवस्थापक राज गुरुङ, सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटा, अभिनेता गजित विष्ट, अभिनेत्री पनाह अधिकारी  लगायतले उत्कृष्टलाई ट्रफी वितरण गरेका थिए ।

कलाकार रबिन्द्र खड्का, लेखक एवं निर्देशक शिवम अधिकारी, सम्पादक शिव पुरी, साउन्ड एडिटर किशोर आचार्य, पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदी महोत्सवको जुरी टिममा रहेका थिए । ३५ चलचित्रमध्ये जुरी टिमले छनोट गरेका उत्कृष्ट ९ विधामा अवार्ड वितरण गरिएको हो । नेपाल चलचित्र विकास बोर्डसँगको सहकार्य रहेको महोत्सवको सह–आयोजकमा ‘भ्वाइस अफ नेपाल म्युजिक इण्डष्ट्रिज’ रहेको थियो । महोत्सवको डिजिटल पार्टनर डिएआर डिजिटल रहेको छ।

नेपाली मौलिक फिल्म, फिल्मकर्मी र स्थानीय पर्यटकीय स्थलको प्रचारप्रसार तथा प्रवर्द्धन गर्नु, नेपाली आम दर्शकलाई नेपाली मौलिक फिल्मप्रति आकर्षित गराउनु र नियमित चलचित्र हेर्ने बानी बसाल्नु, नेपाली समाजका मौलिकता बोकेका र ग्रामीण कथामा बनेका फिल्महरूलाई स्वदेशी तथा विदेशी दर्शकमाझ पुर्‍याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने लगायतका उद्धेश्यले महोत्सव आयोजना गरिएको आयोजकको भनाइ छ ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  १२ : २४ बजे

एक खेल अगावै अस्ट्रेलियाविरूद्धको सिरिज भारतलाई

रैपुर– अस्ट्रेलियाविरुद्धको पाँच खेलको टी–२० आई सिरिज भारतले जितेको छ

रास्वपामा कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू

प्रदेश सरकारको मातहतमा प्रहरी नआउँदा समस्या : मुख्यमन्त्री यादव

धनुषा – मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा शान्ति सुरक्षा

इरानी प्रतिनिधिद्वारा कोप–२८ सम्मेलनमा इजरायलको उपस्थितिको विरोध

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) मा भएको संयुक्त राष्ट्रसङ्घीय

अस्थायी आवासका लागि २४ करोड निकासा

काठमाडौं –जाजरकोट भूकम्पमा परी प्रभावित भएका लाभग्राहीको अस्थायी आवास निर्माणका