बुकिङ अगाडि नै सेन्सर  « Khabarhub

बुकिङ अगाडि नै सेन्सर 


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत मंगलबार चलचित्र विकास बोर्डको बैठकबाट फिल्म हलले बुकिङ खुलाउन सेन्सर पास हुनुपर्ने निर्णय गर्दै कार्यन्वयनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई प्रस्ताव समेत गरिसकेको छ । यसै कारण नेपाली फिल्म ‘मन्त्र’ ले एक साता अगाडि नै सेन्सर गरेको छ । प्राय रिलिजकै हप्ता सेन्सर गरिने फिल्महरु विकास बोर्डको बैठकको निर्णयसँगै चनाखो हुन् थालेका छन् । 

सौगात मल्ल, बुद्धि तामाङ , दीया पुन अभिनीत फिल्म बैशाख १६ गतेदेखि प्रदर्शनमा आउँदै। फिल्मले सेन्सर मार्फत युनिभर्सल अर्थात् केन्द्रीय चलचित्र जाँच समितिले सबै दर्शकले हेर्न मिल्ने गरि प्रदर्शन स्वीकृति दिएको छ ।

खिल बहादुर गुरुङको निर्देशन रहेको फिल्मले हिमाली प्रेमकथा बोल्नेछ । सुरेश कार्की, रविराज कार्की र सुभ श्रेष्ठ निर्माता रहेको फिल्मको कार्यकारी निर्माता देवेन्द्र मानन्धर हुन् ।

मनास्लु हिमालको बेसक्याम्प क्षेत्रमा छायांकन गरिएको फिल्ममा नमिता तामाङ, पासाङ टी शेर्पा र वीरबहादुर लामाको पनि शीर्ष भूमिका रहेको छ । परिक्षेद सेनको कथा रहेको फिल्ममा साम्तेन भुटिया, सुनिल निउरे र सेन स्वयंको पटकथा, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन एवं मित्र डि.गुरुङको सम्पादन छ। 

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  १ : ३० बजे

अण्डाको माग र मूल्य बढ्यो

चितवन– बजारमा अण्डाको माग बढेसँगै मूल्य पनि क्रमशः बढ्दै गएको

‘पब्लिक डिबेट’का लागि तयार छौँ : ओली 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव केन्द्रित पब्लिक

एमालेका सङ्गठित सदस्यलाई ओलीको पत्र : पार्टीलाई बहुमत दिलाउन उच्च मनोबलका साथ सक्रिय हुनू 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै सङ्गठित

विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित

काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकपको अभ्यासमा रहेको नेपाली राष्ट्रिय

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं– डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने