एजोभस्तलको बंकरमा रहेका युक्रेनी कमाण्डर भन्छन्, ‘मारिउपोल अझै ढलेको छैन’ | Khabarhub Khabarhub

एजोभस्तलको बंकरमा रहेका युक्रेनी कमाण्डर भन्छन्, ‘मारिउपोल अझै ढलेको छैन’


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी फौजको चौतर्फी घेराबन्दीमा परेको मारिउपोलमा रहेका युक्रेनी फौजका कमाण्डरले शहरलाई अझै रुसले कब्जा गर्न नसकेको दाबी गरेका छन् ।

एजोभस्तल औद्योगिक क्षेत्रबाट बीबीसीसँग कुरा गर्दै सो क्षेत्रमा रहेका युक्रेनी फौजका कमाण्डर स्वातोस्लाभ पलामारले आफूहरूले रुसी फौजको आक्रमण निस्तेज पारेको समेत जानकारी गराए ।

‘मेले जहिल्यै पनि भन्दै आइरहेको छु, जबसम्म हामी यहीँ छौँ, तबसम्म मारिउपोल युक्रेनकै नियन्त्रणमा रहनेछ ।’ उनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यसअघि बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मारिउपोल जितेको दाबी गरेका थिए । मारिउपोलका अधिकांश क्षेत्र रुसी सेनाको नियन्त्रणमा रहेपनि एजोभस्तल औद्योगिक क्षेत्र भने अझै युक्रेनी फौजले रुसी आक्रमणको प्रतिकार गरिरहेको बताइएको छ ।

बिहीबार रक्षामन्त्री सर्गेई सोइगुसँगको भेटमा पुटिनले एजोभस्तलमा आक्रमण गर्नु अनावश्यक रहेको बताएका थिए ।

उनले सोइगुलाई एजोभस्तललाई ‘झिँगा समेत उम्किन नसक्नेगरी’ घेराबन्दीलाई अझ बलियो बनाउन निर्देशन दिएका थिए ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  १२ : ३७ बजे

मकवानपुर सेनवंश र कोशीसँगको साइनो

श्री ५ पृथ्वीनारायण शाहले वर्तमान नेपालको रुप सं. १८२५ मा

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका