एजोभस्तलको बंकरमा रहेका युक्रेनी कमाण्डर भन्छन्, ‘मारिउपोल अझै ढलेको छैन’ « Khabarhub

एजोभस्तलको बंकरमा रहेका युक्रेनी कमाण्डर भन्छन्, ‘मारिउपोल अझै ढलेको छैन’


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी फौजको चौतर्फी घेराबन्दीमा परेको मारिउपोलमा रहेका युक्रेनी फौजका कमाण्डरले शहरलाई अझै रुसले कब्जा गर्न नसकेको दाबी गरेका छन् ।

एजोभस्तल औद्योगिक क्षेत्रबाट बीबीसीसँग कुरा गर्दै सो क्षेत्रमा रहेका युक्रेनी फौजका कमाण्डर स्वातोस्लाभ पलामारले आफूहरूले रुसी फौजको आक्रमण निस्तेज पारेको समेत जानकारी गराए ।

‘मेले जहिल्यै पनि भन्दै आइरहेको छु, जबसम्म हामी यहीँ छौँ, तबसम्म मारिउपोल युक्रेनकै नियन्त्रणमा रहनेछ ।’ उनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यसअघि बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मारिउपोल जितेको दाबी गरेका थिए । मारिउपोलका अधिकांश क्षेत्र रुसी सेनाको नियन्त्रणमा रहेपनि एजोभस्तल औद्योगिक क्षेत्र भने अझै युक्रेनी फौजले रुसी आक्रमणको प्रतिकार गरिरहेको बताइएको छ ।

बिहीबार रक्षामन्त्री सर्गेई सोइगुसँगको भेटमा पुटिनले एजोभस्तलमा आक्रमण गर्नु अनावश्यक रहेको बताएका थिए ।

उनले सोइगुलाई एजोभस्तललाई ‘झिँगा समेत उम्किन नसक्नेगरी’ घेराबन्दीलाई अझ बलियो बनाउन निर्देशन दिएका थिए ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  १२ : ३७ बजे

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा

सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,