रुसी आक्रमणका कारण युक्रेनमा ६० अर्बको भौतिक क्षति « Khabarhub

रुसी आक्रमणका कारण युक्रेनमा ६० अर्बको भौतिक क्षति


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनमा जारी रुसी आक्रमणका कारण ६० अर्ब डलर जतिको भौतिक क्षति भएको विश्व बैंकले जनाएको छ । विश्व बैंकका अध्यक्ष डेभिड मलपासले एक सम्मेलनका क्रममा यस्तो बताएका हुन् ।

यद्यपि यो अनुमान अत्यन्त ‘साँघुरो’ रहेको र यसमा युद्धका कारण जारी बढ्दो आर्थिक क्षतिको विवरण नरहेको उनले बताए । ‘अवश्य पनि युद्ध अझै चलिरहेको छ र मूल्य पनि बढिरहेको छ ।’ उनलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

युक्रेनलाई सहयोगबारे आयोजना गरिएको उक्त सम्मेलनका क्रममा भिडियो लिंकमार्फत् बोल्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणका कारण उत्पन्न आर्थिक क्षतिको भर्पाई गर्न मासिक ७ अर्ब डलर लाग्ने बताए । ‘यी सबलाई पुन निर्माण गर्न त्यसपछि हामीलाई खर्बौ डलर लाग्नेछ ।’ उनले भने ।

उनले विश्व समुदायले रुसलाई विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष लगायतका अन्तर्राष्ट्रिय वित्तीय निकायहरुबाट अलग गर्नुपर्ने बताए । उनले सबै मुलुकहरुले ‘रुससँगको सम्बन्ध तोड्न तत्काल तयार रहनुपर्ने’ समेत बताए ।

यसबाहेक उनले रुसमाथि प्रतिबन्धको घोषणा गरेका सबै मुलुकहरुले रुसी सम्पत्तिको जफत गरी युक्रेनको पुन निर्माणका लागि खर्च गर्न सहयोग गर्नुपर्ने बताएको रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  १ : २५ बजे

कांग्रेस महाधिवेशन प्रतिनिधिको शुल्क ३५ सय

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको शुल्क ३

साउदीमाथि हुथी आक्रमण रोक्न पाकिस्तान सैन्य सहयोगका लागि तयार

रोम- पाकिस्तानले इरानसमर्थित हुथी विद्रोहीबाट साउदी अरबमाथि हुने आक्रमण रोक्न आवश्यक

थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी

मनाङ– अविरल वर्षापछि घट्टेखोलाको  लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी 

तुइन र गाडीमा झुन्डिँदै विद्यार्थीको जोखिमपूर्ण यात्रा

रसुवा– उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत ३३ जना

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको