प्रधानमन्त्री देउवा र डब्ल्यूएचओका महानिर्देशकबीच भेट « Khabarhub

प्रधानमन्त्री देउवा र डब्ल्यूएचओका महानिर्देशकबीच भेट


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवासँग विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसले शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले कोरोना भाइरस महामारीका बेला महानिर्देशक डा. गेहब्रेयसले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै त्यतिबेला डब्ल्यूएचओले नेपाललाई खोप वितरण गरी महत्वपूर्ण सहयोग गरेकोमा आभार व्यक्त गरेका छन् ।

महानिर्देशक डा. टेड्रोसले नेपालले कोरोना भाइरस खोप धेरै जसोलाई लगाएकोमा खुशी व्यक्त गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव सेवा लम्सालले जानकारी दिए ।

महानिर्देशक टेड्रोसले नेपालले स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदान निकै उदाहरणीय र प्रशंसनीय रहेको बताएका थिए । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा महानिर्देशक डा. टेड्रोसले तीनदिने भ्रमणमा बिहीबार नेपाल आएका हुन् ।

उनले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गरेका थिए ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ५ : ०४ बजे

राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृतको कार्यालय स्थापना

मोरङ – आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्यको

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १७ गते बिहीबार तदनुसारसन्

आज २०८२ साल पुस १७ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १७ गते बिहीबार तदनुसारसन्

जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ– राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले जेनजी सहिदको स्मृतिमा दीप प्रज्वलन