काठमाडौँ– निर्देशक शोभित बस्नेतको निर्देशनमा नयाँ फिल्म ‘हाम्रो स्वर्ग’ को छायांकन सुरु भएको छ ।
जुम्ला जिल्लाको पटमाराबाट आजबाट छायांकन सुरु भएको निर्देशक बस्नेतले जानकारी दिएका छन् । फिल्ममा यार्सागुम्बा टिप्ने मान्छेहरुको कथालाई चित्रण गरिनेछ । कर्णाली प्रदेशवासीले भाषा भेषभुषा र रहनसहनलाई प्रस्तुत गरिने फिल्म कर्णाली प्रदेशका हुम्ला, जुम्ला, डोल्पा, मुगु, कालिकोट, जाजरकोट लगायत १० वटै जिल्लामा छायांकन गरिने निर्देशक बस्नेतले बताए ।
फिल्ममा मेनुका माझी, नवदत्त न्यौपाने, सुइन्जा सुनाम, शान्ता दाहाल, लाल बहादुर रोकाया ललित जङ्ग महत, लगाएत कलाकारको मुख्य भूमिका रहेको छ । ज्ञान कुमार कटेल छायांकन, गौतमराज खड्काको सम्पादन रहने फिल्म एनएसके मिडिया नेपालको ब्यानरमा निर्माण भएको हो । शान्ता शर्मा निर्मात्री रहेको फिल्ममा नवदत्त न्यौपानको संगीत, रामकृष्ण बुड्थापाको कथा र रामजी राउतको मुख्य सहायक निर्देशक रहेको छ।