‘युवाहरूलाई बिगारेको’ भन्दै तालिबानद्वारा टिकटक र पब्जीमाथि प्रतिबन्ध « Khabarhub

‘युवाहरूलाई बिगारेको’ भन्दै तालिबानद्वारा टिकटक र पब्जीमाथि प्रतिबन्ध


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले मुलुकमा भिडियो सेयरिङ एप टिकटक पब्जी भिडियो गेममाथि प्रतिबन्ध लगाएको छ ।

बीबीसीले जनाएअनुसार अफगानिस्तानमा तालिबान सरकारका प्रवक्ता इनामुल्लाह समानगानीले ‘युवाहरुलाई बिगारेको’ भन्दै टिकटकपब्जी भिडियो गेममाथि प्रतिबन्धको घोषणा गरेका हुन् ।

यससँगै तालिबानले टेलिभिजनमा प्रसारित हुने ‘अनैतिक सामग्री’ माथि पनि प्रतिबन्ध लगाउने जनाएको छ । यसअघि तालिबानले सङ्गीत, चलचित्र तथा टेलिसिरियलहरुमाथि पनि प्रतिबन्ध लगाएको थियो ।

यद्यपि यस प्रतिबन्ध कहिलेबाट लागू हुने भन्नेबारे केही खुलाइएको छैन ।गत वर्षको अगष्ट महिनामा सत्ता हत्याएयता तालिबानले पहिलो पटक यस्तो एपहरुमाथि प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ ।

पछिल्लो समय अफगानिस्तानमा युवायुवती तथा केटाकेटीमाझ पब्जीटिकटक अत्यन्त लोकप्रिय बन्दै गएको जनाइएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ४ : १४ बजे

रवि-बालेनबिना नै सुरु भयो रास्वपा सांसदको अभिमुखीकरण (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित सांसदहरुको अभिमुखीकरण कार्यक्रम

यौनकर्मी महिलाको मुद्दामा भावी प्रधानमन्त्री बालेन्द्रलाई खुला पत्र : ‘लालिमा’ मार्फत न्यायको माग

काठमाडौं – यौनकर्मका लागेका लाखौं नेपाली महिलाहरूको मानवधिकार र न्यायबारे

इरान–इजरायल द्वन्द्व : दुबईमा विस्फोट, उड्डयन सेवा प्रभावित

दुबई– मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी

आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा

तनहुँ– मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा

ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागको अनुरोध

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अन्तर्राष्ट्रिय बजारमा देखिएको