महिला गोल्डकप फुटबल : उपाधि जित्ने पुलिस र एपीएफको दाबी « Khabarhub

महिला गोल्डकप फुटबल : उपाधि जित्ने पुलिस र एपीएफको दाबी


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री बीवाईसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि विभागीय टोलीहरू एपीएफ क्लब र नेपाल पुलिस क्लब शनिबार भिड्दै छन् ।

धनगढी रंगशालामा शनिबार साँझ हुने फाइनलमा दुवै टोली उपाधिका लागि भिड्न लागेका हुन् ।

वनदेवी युवा क्लबको आयोजना ३ वैशाखदेखि सुरु भएको प्रतियोगिताको उपाधि जित्ने दुवै टिमले दाबी गरेका छन् । शुक्रबार धनगढी रंगशालामा भएको प्रि म्याच कन्फ्रेन्समा फाइनलिष्ट दुवै टोलीका कप्तान र प्रशिक्षकले उपाधि जित्ने दाबी गरेका हुन् ।

उत्कृष्ट लयमा रहेको एपीएफकी कप्तान अनिता बस्नेतले फाइनल जित्नका लागि खेल्ने बताइन् । उनले रातीको समयमा खेल्दा केही कठिनाइ भएको भए पनि उपाधि आफ्नो टिमले जित्ने दाबी गरिन् ।

एपीएफल सेमिफाइनलमा आर्मीलाई ३-२ ले हराएको थियो भने क्वाटरफाइनलमा विराटनगर महानगरपालिकालाई ८-० को फराकिलो अन्तरले हराएको थियो ।

नेपाल पुलिस क्लबले पनि उपाधि जित्ने दाबी गरेको छ । लामो समयपछि प्रतियोगिताहरूको फाइनलमा पुगेकोले सोही अवसरलाई मौकामा बदल्ने पुलिसको दाबी छ ।

पुलिसले सेमिफाइनलमा आयोजक वनदेवी युवा क्लबलाई ३-० को अन्तरले हराएको थियो भने क्वाटरफाइनलमा चन्द्रपुर नगरपालिकालाई १–० ले हराएको थियो ।

शनिबार धनगढी रंगशालामा समापन हुने गोल्डकपको विजेताले ट्रफीसहित नगद पाँच लाख र उपविजेताले ट्रफीसहित दुई लाख ५० हजार रुपैयाँ पुरस्कार राशि प्राप्त गर्नेछ ।

प्रतियोगितामा ओम्यान अफ दी म्याचलाई पाँच हजार, त्यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १० हजार र प्रतियोगिताभरि उत्कृष्ट हुने खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुसन जोशीले बताए ।

धनगढीमा दिउँसो अत्यधिक गर्मी हुने भएकोले पहिलो पटक रात्रिकालीन प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको मुख्य प्रवर्द्धकमा प्रदेश खेलकुद परिषद् रहेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ४ : ३४ बजे

ओयारजाबालको दुई गोलमा स्पेनको शानदार सुरुवात, साउदीविरुद्ध पहिलो हाफमै ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

आँप महोत्सव सम्पन्न : उत्साहित किसान

महोत्तरी – किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ – तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा

इरानलाई ट्रम्पको चेतावनी : हिजबुल्लाहलाई नियन्त्रण नगरे कडा कारबाही गर्न बाध्य हुनेछौं

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको